ब्रोकरको कमिसनबारे सेयर ब्रोकरहरु असन्तुष्ट
वि.सं.२०७७ पुस १२ आइतवार १४:१०
1.2K
shares
काठमाडौं: ब्रोकरको कमिसनबारे सेयर ब्रोकरहरु असन्तुष्ट बनेका छन् ।
बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लिने कमिसन नघटाई आफूहरुको कमाईमा मात्रै धावा बोलिएको भन्दै ब्रोकर असन्तुष्ट बनेका हुन् ।
बोर्डले गत शुक्रबार सेयर कारोबारमा लाग्ने कमिसन ३३ प्रतिशतले घटाएको थियो । कमिसन घटाउँदा बोर्ड र नेप्सेले लिने रकम घटाउनु पर्नेमा आफूहरुको व्यवसाय चल्नै नसक्ने गरी घटाएको उनीहरुको भनाई छ ।
बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत, ५० हजार रुपैयाँभन्दा बढीदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत, ५ लाख रुपैयाँभन्दा बढीदेखि २० लाख रुपैयाँसम्म ०.३४ प्रतिशत, २० लाख रुपैयाँभन्दा बढीदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३ प्रतिशत र १ करोड रुपैयाँभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने नयाँ व्यवस्था गरेको छ ।
यस्तो कमिसन सेयर कारोबार गर्दा लगानीकर्तासँग ब्रोकरले लिने गर्छन् । तर, ब्रोकरले लिएको रकमबाट कमिसन रकमको २० प्रतिशत नेप्सेले र ६ प्रतिशत बोर्डले लिने गर्छ । यस्तै, बोर्डले सेयर कारोबारमा कारोबार रकमको ०.०१५ प्रतिशत रकम कारोबार शुल्क लिने गर्छ ।
वि.सं.२०७७ पुस १२ आइतवार १४:१०




















