एनएमबि बैंकको तीन नयाँ शाखा सञ्चालन
वि.सं.२०७७ पुस १२ आइतवार १४:०८
काठमाडौं: एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ ।
बैंकले उदयपुरको रौतमाई गाउँपालिका-६, चिसापानी, सप्तरीको तिरहुत गाउँपालिका-४ डिमनमा, र तिलाठी कोइलाडी गाउँपालिका-८, टोपामा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यी नयाँ शाखासहित बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।
एनएमबि बैंकले १ सय ८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १ सय ३५ एटीएम सञ्जालका साथै ४ सय पोस मसिन र १० हजार भन्दा बढी क्यूआर कोड मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ पुस १२ आइतवार १४:०८