उपमेयर महिला राष्ट्रिय कराँते प्रतियोगितामा लैनचौर डोजो प्रथम
वि.सं.२०७७ पुस १ बुधवार २१:३९
1.7K
shares
प्रदेश नं २ : रौतहट चन्द्रनिगहापुरमा सम्पन्न भएको प्रथम उपमेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगितामा नागर्जुन नगरपालिका (लैनचौर डोजो) प्रथम हुन सफल भएको छ ।
मंसिर २८ देखि ३० गते सम्मा संचालन भएको प्रथम उपमेयर महिला राष्ट्रिय कराँते प्रतियोगितामा तौल समुहमा तर्फ लैनचौर डोजोका शर्मिला श्रेष्ठ ४५ के.जी, सुश्मिता वाइबा ५५ के.जी र बिनिता श्रेष्ठ ६५ के.जीमा स्वर्ण जित्न सफल भए काता विधा तर्फ एकल कातामा शर्मिला श्रेष्ठले बाजि मारिन टिम काता तर्फ शर्मिला श्रेष्ठ, राशुगि पाण्डे र सानुमाया थिङ्गले आफ्नो प्रस्तुति उच्चा प्रर्दशन गर्दै स्वर्ण जित्न सफल भए ।
त्यसतै कृतिमा ढकाल २५ के.जी रजत र सानुमाया थिङ्ग ५० के.जीमा कास्य हात पार्दै ५ स्वर्ण एक रजत र एक कास्य सहित ७ पदक प्रप्ता गर्दै काठमाण्डौंको लौनचौर डोजो प्रथम हुन सफल भएको प्रशिक्ष चन्द्र खड्काले बताउनु भयो ।
आयोजक चन्द्रनिगहपुर उपानगरपालिका २ स्वर्ण २ रजत सहति द्घितिय हुन सफल भयो भने समान २ स्वर्ण पदक जितेको गोलबजार उपानगरपालिका तृतिय स्थानमा चित्त बुझाउनु प¥यो । प्रतियोगिताको हरेक स्र्वण, रजत र कास्य विजेताले क्रमश ५, ३ र २ हजार रुपियाँ नगद प्रप्ता गरेका छन ।
यो पनि पढ्नु होस ।
वि.सं.२०७७ पुस १ बुधवार २१:३९




















