दिन राम्रो हुने छ, शुभ समाचार आउन सक्ने छन, रोकिएका कार्यहरु प्रगति हुनेछ, विरोधीहरु परास्त हुने छन्, कार्य सिद्धि, आर्थिक लाभ, आयस्रोत बढने, जागिर वा व्यवसायमा परिवर्तन खोजिरहनुभएको छ भने शुभ योग देखिएको छ, कर्म क्षेत्रमा तँपाइको कदर हुनेछ, खोजेको व्यक्तिको सहयोग पाइने, जग्गा जमिन सवारी साधन खरीद गर्न साथै लगानीलाइ राम्रो समय छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनत गरे अनुसार फल नमिल्ने, काममा जस नपाउने, मुद्दा मामिला अथवा सरकारी कामहरुमा भय प्रद प्रतिकुलता आउनसक्ने, शारिरिक अस्वस्थता, पेट विकार, मानसिक अशान्ति, विवाद तथा असमझदारी बढन सक्ने, कुटुम्बसँग टाढिने अवस्था आउने, ठूलो लगानी गर्न तथा व्यवसायीको लागि समय अनुकुल छैन ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
समय अनूकुल छैन । आर्थिक तथा पारिवारीक समस्याले मन खिन्न हुनेछ, कार्यमा बिध्न बाधा, निरर्थक श्रम गर्नुपर्ने, रोग वा शत्रुहरुबाट, हातहतियारबाट वा अन्य किसिमले चोटपटक लाग्नसक्ने, मानसिक छटपटि वा व्याकुलता बढन सक्ने, रोजगारमा समस्या उत्पन्न हुनसक्ने, खर्च ज्यादा, असमझदारी बढने योग भएकोले झगडा र विवादबाट बच्नुहोला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय राम्रो रहनेछ । धन लाभ हुने, रोकिएको कार्यहरु बन्नेछन पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्ने छ, विरोधिहरु परास्त हुने, मातृ तथा भूमि सुख, स्वास्थ्य उत्तम हुने, पारिवारिक जमघटमा सरिक भइने, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जनमा मन जान सक्ने । वस्त्र, वाहन वा अन्य भौतिक सामाग्रीहरु प्राप्त हुने अथवा खरीद हुने योग छ, कार्यस्थल र व्यवसायमा सफलता हात पर्नेछ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन राम्रो रहनेछ । आर्थिक लाभ, मित्र सुख, शत्रुहरु पराजित हुने, कठोर परिश्रमबाट मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, कार्यस्थलमा सहयोग पाइने, उत्तम पारिवारिक सुख, मुद्दा मामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति । विद्यार्थीहरुलाइ समय राम्रो भएपनि लगानीलाइ भने दिन अनुकुल छैन ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सचेत हुनुपर्ने समय छ । सन्तान पीडा, बन्धु बान्धव तथा आफन्तजनसँग मनमुटाव हुन सक्ने, कार्य हानी, बौद्धिक कार्यमा असफलता हात लाग्ने, धपेडी पर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध, धन हानी हुने योग रहेकोले आज लगानी नगर्दा राम्रो, पेटमा समस्या आउनसक्छ, पारिवारिक द्धन्द बढन सक्छ, अपयशको भागी हुन सक्ने दिन भएकोले आज विवादबाट टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरुलाई अविश्वास गर्नुपर्ने अवस्था आउन सक्छ, बन्धु बान्धवहरुलाइ पिडा हुन सक्छ, धनको नोक्सान हुनसक्छ, आरोप लाग्ने र झमेला हुने खालको दिन छ, नजिकको मान्छे अथवा कुटुम्बसँगको विवादको कारणले मन अशान्त रहन सक्छ, दुखकष्ट बन्धन रोग आदिमा वृद्धि, भित्रभित्रै डाहा गर्नेहरु बढनेछन, आयमा कमी आउने, मित्र तथा भाइहरुसँग वैमनस्यता, परिवारीक र दाम्पत्य सुखमा कमी, कलह, कार्य बाधा जस्ता अशोभनीय फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन राम्रो रहनेछ । आँट साहस बढने, धन वाहन प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, मन प्रसन्न हुने, छोटा दुरीको यात्रा, आरोग्यता प्राप्ति, वस्त्र लाभ, मानसम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, मित्र सुख, शत्रुहरु परास्त हुने छन्, नोकरीमा पदोन्नति हुने योग चलेको छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको दिन अनूकूल छैन । आफन्त तथा बन्धु बान्धवबिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खचर्मा बृद्धि, धन हानी, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने । बल, साहस, तेज, अहम्पना बढने, संचित धन आदिमा नकारात्मक असर गर्ने योग छ, मनमा गलत विचारहरु आउने । मान हानी वा चित्त दुख्ने स्थिति आउन सक्छ । व्यवसायमा घाटा छ लगानीलाई समय प्रतिकूल छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन राम्रो हुनेछ । जन्म राशीको चन्द्रमाले भौतिक सुख, स्त्रि सुख उत्तम भोजन, वस्त्र लाभ, आदर सत्कार, मित्रहरुबाट सहयोग जस्ता शुभ फल दिन्छ, अन्न वस्त्र तथा सुगन्धित पदार्थको लाभ दिने तथा शत्रु पराजित हुने दिन हो ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन प्रतिकुल छ । घरपरिवार तथा कुटुम्बबाट मतभेद या विछोड गराउन सक्छ, प्रतिष्ठित व्यक्तिसँग विवाद, अधिक धन खर्च, परिवारमा कष्ट, दुखद यात्रा, स्वास्थ्य हानी, शारिरिक शिथिलता, पराक्रममा कमी, खर्चमा वृद्धि, आर्थिक अभाव । मानसिक अशान्ति र छटपटि बढने । निर्णयहरु गलत हुनसक्ने, इष्र्याको भावना पलाउने आदि हुन सक्छन । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिन राम्रो रहने छ । शुभ समाचारहरु आउन सक्छन् । शरिरको कान्ति वृद्धि, आर्थिक लाभ । शत्रुनाश । मित्रबाट फाइदा । उत्तम वस्त्र तथा भोजन प्राप्ति । भोग विलासमा रुचि जाग्ने छ । नयाँ कार्यको शुरुवात गर्ने समय आएको छ । संचित धनमा वृद्धिको योग छ । आय स्रोतको नयाँ बाटो फेला पर्नसक्छ, प्रयास गर्नुहोला । अडकिएका कार्यहरुले गति लिने छ । मान सम्मानमा बृद्धि, पद, सम्मानको प्राप्ति प्रेम सम्बन्धमा सफलता । विद्यामा प्रगति । सन्तानको लागि खर्च हुन सक्ने छ । स्वास्थ्यको भने ख्याल गर्नुहोला ।