YouTube Link

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

Facebook Link

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा क्रमशः स्पष्ट बन्दै गएको छ । ४८ टोलीमध्ये ३२ टोली नकआउट चरणमा पुग्ने नयाँ प्रणाली, तेस्रो स्थानका टोलीहरूको छुट्टै तालिका र नयाँ टाइब्रेकर नियमका कारण अझ रोचक बन्दैछ ।

 

हालको अवस्था अनुसार समूह ‘एल’ को शीर्ष स्थानमा रहेको इङ्ल्यान्ड र समूह ‘सी’ मा तेस्रो स्थानमा रहेको स्कटल्यान्डले अन्तिम १६ मा भेट्न सक्ने सम्भावना छ । तर त्यसअघि दुवैले अन्तिम ३२ को खेल जित्नुपर्नेछ । यद्यपि ब्राजिलसँग ३-० ले पराजित भएपछि स्कटल्यान्डको उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । तथ्याङ्क अनुसार स्कटल्यान्डसँग अर्को चरणमा पुग्ने सम्भावना करिव ४२ प्रतिशत मात्र रहेको छ ।

 

कसरी पुग्छन् नकआउट चरणमा ?

विश्वकपमा सहभागी ४८ टोलीमध्ये १६ टोली समूह चरणपछि बाहिरिनेछन् भने ३२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा जारी राख्नेछन् । १२ वटै समूहका शीर्ष दुई टोली स्वतः अन्तिम ३२ मा पुग्नेछन् । बाँकी ८ स्थान उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका टोलीलाई दिइनेछ । यदि दुई वा बढी टोलीको अंक बराबर भएमा खेलको नतिजा, गोलअन्तर, गरेका गोल, समग्र गोलअन्तर, समग्र गोल संख्या, अनुशासनात्मक अंक (पहेँलो र रातो कार्ड), फिफा वरीयताका आधारमा छनोट हुनेछन् ।

 

समूह ‘ए’ सह-आयोजक मेक्सिको लगातार तीनै खेल जित्दै समूह विजेता बनेको छ । दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १-० ले हराउँदै दोस्रो स्थान सुरक्षित गर्‍यो र पहिलो पटक नकआउट चरणमा पुग्यो । दक्षिण कोरिया तीन अंकसहित तेस्रो स्थानमा रहेर उत्कृष्ट तेस्रो टोलीको सूचीमा परेको छ । चेक गणतन्त्र एक अंकसहित अन्तिम स्थानमा रह्यो ।

 

समूह ‘बी’ स्विट्जरल्यान्डले क्यानडालाई २-१ ले हराउँदै सात अंकसहित समूह विजेता बन्यो । क्यानडा चार अंकसहित दोस्रो स्थानमा रह्यो । बोस्निया एन्ड हेर्जगोभिनाले कतारलाई ३-१ ले पराजित गर्दै चार अंकसहित तेस्रो स्थान हासिल गर्‍यो । चार अंक उत्कृष्ट तेस्रो टोलीका रूपमा छनोट हुन पर्याप्त हुने लगभग निश्चित मानिएको छ ।

 

समूह ‘सी’ ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै सात अंकसहित गोलअन्तरका आधारमा समूह विजेता बन्यो । मोरक्कोले हाइटीलाई ४-२ ले हराउँदै सात अंक नै जोड्यो तर गोलअन्तरमा पछि परेपछि दोस्रो स्थानमा सीमित रह्यो । स्कटल्यान्ड तीन अंक र माइनस तीन गोलअन्तरसहित तेस्रो स्थानमा छ । अब उसले अन्य समूहका नतिजाको प्रतीक्षा गर्नुपर्नेछ । हाइटी अंकविहीन रहँदै बाहिरियो ।

 

समूह ‘डी’ संयुक्त राज्य अमेरिका समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ । अष्ट्रेलिया र पाराग्वे दुवैको तीन-तीन अंक छ । दुवै टोलीबीचको अन्तिम खेलले दोस्रो स्थानको निर्णय गर्नेछ । टर्की भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

 

समूह ‘ई’ जर्मनी समूह विजेता बनिसकेको छ । आइभरी कोस्टलाई दोस्रो स्थान सुनिश्चित गर्न कुरासाओविरुद्ध बराबरी पर्याप्त हुनेछ । इक्वेडरले दोस्रो स्थान हासिल गर्न जर्मनीलाई हराउनुपर्नेछ र आइभरी कोस्ट हार्नुपर्नेछ ।

 

समूह ‘एफ’ नेदरल्यान्ड्स शीर्ष दुईभित्र रहने निश्चित छ । जापानलाई स्वतः छनोटका लागि स्विडेनविरुद्ध कम्तीमा एक अंक आवश्यक छ । स्विडेनलाई शीर्ष दुईमा पुग्न जित्नैपर्ने अवस्था छ । ट्युनिसिया भने बाहिरिइसकेको छ ।

 

समूह ‘जी’ इजिप्टले इरानसँग खेल नगुमाएमा नकआउट चरणमा पुग्नेछ । इरानलाई अर्को चरणमा पुग्न जित आवश्यक छ । बेल्जियमले न्युजिल्यान्डलाई हराए शीर्ष दुईभित्र रहनेछ । न्युजिल्यान्डलाई पनि सम्भावना कायम राख्न जित्नैपर्ने अवस्था छ ।

 

समूह ‘एच’ स्पेनले उरुग्वेविरुद्ध हार टारे शीर्ष दुईमा रहनेछ । उरुग्वेले स्पेनलाई हराए नकआउट चरणमा पुग्नेछ । केप भर्डलाई साउदी अरेबियाविरुद्ध जित आवश्यक छ । साउदी अरेबियाको पनि सम्भावना जीवित छ, तर जित मात्र पर्याप्त नहुन सक्छ ।

 

समूह ‘आई’ फ्रान्स र नर्वे दुवै नकआउट चरणमा पुगिसकेका छन् । अब उनीहरूबीचको खेलले समूह विजेताको निर्णय गर्नेछ । सेनेगल र इराकको सम्भावना भने निकै कमजोर छ ।

 

समूह ‘जे’ अर्जेन्टिना समूह विजेता बनिसकेको छ । अस्ट्रिया र अल्जेरियाबीचको खेलले दोस्रो स्थानको निर्णय गर्नेछ । अस्ट्रियालाई बराबरी पर्याप्त हुनेछ भने अल्जेरियालाई जित्नैपर्नेछ । जोर्डन बाहिरिइसकेको छ ।

 

समूह ‘के’ कोलम्बिया शीर्ष दुईमा रहन सफल भइसकेको छ । पोर्चुगललाई समूह विजेता बन्न कोलम्बियालाई हराउनुपर्नेछ । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलाई दोस्रो स्थानका लागि जितसँगै ठूलो गोलअन्तर सुधार आवश्यक छ । उज्बेकिस्तानको सम्भावना अत्यन्त न्यून छ ।

 

समूह ‘एल’ इङ्ल्यान्ड गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । घानासँग पनि समान अंक रहेकाले अन्तिम खेलले समूह विजेताको निर्णय गर्नेछ । घानालाई शीर्ष दुईमा रहन कम्तीमा बराबरी आवश्यक छ । क्रोएसियालाई स्वतः छनोटका लागि घानालाई हराउनुपर्नेछ । पानामा भने पहिले नै बाहिरिइसकेको छ ।

 

हालको अवस्थामा चार अंक भएका बोस्निया एन्ड हेर्जगोभिना, सम्भावित रूपमा स्वीडेन, क्रोएसिया, अल्जेरिया, पाराग्वे, स्कटल्यान्ड, केप भर्ड, डीआर कंगो, बेल्जियम लगायतका टोलीहरू उत्कृष्ट तेस्रो स्थानका दाबेदार मानिएका छन् । त्यसैले समूह चरणका अन्तिम खेलहरू सकिनुअघि धेरै टोलीको भविष्य अझै अनिश्चित रहेको छ र नकआउट चरणको अन्तिम स्वरुप केही दिनमै स्पष्ट हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...