YouTube Link

जिदानको स्वीकारोक्ति इस्कोलाई क्षमताअनुसार अवसर दिएको छैन

Facebook Link

 

काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको इस्कोलाई आफूले पर्याप्त अवसर नदिएको स्वीकार गरेका छन् । पछिल्लो समय इस्कोले धेरै समय खेल्ने चाहना राख्दै क्लब छाड्न चाहेको समाचार बाहिर आएका बेला जिदानको यस्तो प्रतिक्रिया बाहिर आएको  छ ।

 

‘इस्को महत्वपूर्ण खेलाडीको रुपमा रहनेछन्, यो सत्य हो कि उनले धेरै खेलिरहेका छैनन् र उनले आफू कस्तो खेलाडी हो भनेर देखाउनका लागि मैले उनलाई अवसर दिइरहेको छैन’ जिदानले भने, ‘मेरो खेलाडीका लागि म माफी माग्छु र उनीहरुसंग मैले जुन अनुभव गरेको छु त्यो म कहिल्यै बिर्सने छैन ।’

 

इस्कोले अवसर पाउन मेहनत गर्नुपर्ने पनि जिदानले बताए । ‘अर्को अवसरका लागि उनले कडा मेहनत गर्नुपर्छ तर बाहिर मिडियामा जे आइरहेको छ त्यसमा म प्रतिक्रिया दिन सक्दिन किनकी त्यसमा हाम्रो कन्ट्रोल छैन । रियलले पछिल्लो तीन खेल खेल्नुअघि जिदानको पद धरापमा थियो । तर उनले कठिन समयमा रियलको प्रशिक्षकको रुपमा सफलता हात पारे । ‘म कुनै कुरा प्रमाणित गर्ने लक्ष्य राख्दिन । म यहाँ भएको हरेक मोमेन्टको फाइदा लिनेछु’ जिदानले भने ।

 

उनले आफूसँग राम्रा खेलाडी रहेको र उनीहरुसंग काम गर्नुबाहेक अरु केही कुरा नरहेको पनि बताए । पछिल्लो तीन खेलमा रियलले सेभिया, बोरुसिया मोन्चेनग्लाडबाक र एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो । च्याम्पियन्स लिगमा पनि समूह विजेता बन्दै नकआउट चरणमा पुगेको रियलले इटालियन क्लब एटलान्टासंग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

 

जिदानले इटालियन क्लबसंग सचेत रहेको पनि बताए । ‘हामीलाई थाहा छ उनीहरुको कस्तो टिम हो भनेर र सम्मान पनि छ । त्यो खेल फेब्रुअरीमा खेलिनेछ तर भोलिको खेल महत्वपूर्ण छ, एथ्लेटिको बिल्बाओसंग ला लिगाको खेलअघि जिदानले भने, ‘यो हाम्रो लागि अर्को राम्रो अवसर हुनेछ ।’ मड्रिड डर्बीमा जित हात पारेपछि रियल मड्रिडको मनोबल उच्च रहेको छ ।

 

यो पनि पढ्नु होस

https://www.akhabarnepal.com/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...