YouTube Link

बार्सिलोनाको च्याम्पियन्स लिगमा अन्तर्गत ४-० जित

Facebook Link

काठमाडौं – सर्जिनो डेस्टले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत महत्वपूर्ण खेलमा बार्सिलोनाको लागि गोल गरे । उनले समूह चरणको चौथो खेलमा डिनामो किभविरुद्ध गोल गरेका हुन् । उक्त खेल जित्दै बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत अमेरिकन राष्ट्रिय टिमका राइट ब्याकले किभविरुद्ध रोनाल्ड कोएमनको टिमको लागि पहिलो गोल गरेका थिए । त्यसपछि बार्सिलोनाले थप ३ गोल गर्दै ४-० को जित हात पारेको थियो ।

क्याटलान क्लबको लागि पहिलो गोल गर्दा खुशी लागेको डेस्टले बताए ।

‘मेरो पहिलो गोल गर्न पाउदा म एकदमै खुशी छु’, खेलपछि डेस्टले भने, ‘मेरो विचारमा हामीलाई गोल चाहिएको थियो । पहिलो गोल गर्दै एक गोलको अग्रता दिलाउनु महत्वपूर्ण थियो र आशा छ अझ अरु गोल हुनेछ ।’

उनले अगाडि भनेका छन्, ‘हामीले समूहमा अझै दुई खेल खेल्नुछ, तर हामी अहिले राम्रो स्थानमा छौँ र म खुशी छु कि हामीले जित्यौँ । म अर्को खेल खेल्नको लागि प्रतिक्षारत छु ।’

कोनराडको डेब्यु

डेस्टको अमेरिकन टिमको सहकर्मी कोनराड डे ला फुउन्टेले पनि बार्सिलोनाका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छन् । कोनराडले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम ५ मिनेट खेले ।

‘बार्सिलोनाको लागि र च्याम्पियन्स लिगमा पनि डेब्यु गर्ने अनौठो विषय हो’, खेलपछि कोनराडले भने, ‘मलाई यहाँसम्म पुर्‍याउन मद्दत गर्नुहुने सबैप्रति आभारी छु । म कडा मेहनतलाई जारी राख्नेछ र अझै अवसर पाउनेमा आशावादी छु । म एकदमै खुशी छ । मैले यो मोमेन्टका लागि युवा अवस्थादेखि धेरै मेहनत गरेको छु र मैले अवसर पाएकोमा खुशी छु ।

यो पनि पढ्नु होस् https://www.akhabarnepal.com/2020/11/19475/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...