यी पाँच कम्पनीको स्यानिटाईजर प्रयोगमा रोक
वि.सं.२०७७ मंसिर ५ शुक्रवार १२:३३
2.4K
shares
काठमाडौ : कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण हुनसक्ने जोखिम कम गर्नका लागि प्रायोग गर्दै आईरहेको स्यानिटाइजर कमसल खालको देखिएकापछि प्रयोगमा रोक लागाईएको छ ।
मानव जीवनमा प्रत्यक्ष असर पार्ने खालको विषादी मिसिएको भेटिएपनि छि स्यानिटाइजर प्रयोगमा रोक लगाईएको हो ।
औषधी विभागको चेकजाँचपछि विषादीयुक्त भेटिएपछि प्रयोगमा रोक लगाईएको हो ।
बजारमा विक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाइन मेथानोल भेटिएपछि उत्पादन तथा विक्री वितरणमा रोक लगाइएको विभागले जाएको छ ।
विभागका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको हो ।
जुन मानवजीवनका लागि घातक हो । त्यस्तै मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको विभागले जनाएको छ ।
विभागले प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा विक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशनदिएको छ ।
वि.सं.२०७७ मंसिर ५ शुक्रवार १२:३३




















