Rajshow Bivag

कांग्रेसमा देउवाले पेल्दा पौडेललाई सास्ती

Departmant of helth services

काठमाडौ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा मात्र नभई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि आन्तरिक किचलो बढ्दो मात्रामा छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टीभित्र केन्द्रीय पदाधिकारी र विभाग गठनमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेपछि त्यसले पार्टीभित्र आन्तरिक किचलो ल्याएको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले देउवाको यस्तो एकलकाटे निर्णयप्रति पटक पटक विरोध गरेपनि त्यसलाई सभापति देउवाले पुरै बेवास्ता गर्दै आईरहेका छन् ।

जसले गर्दा महाधिवेशन नकिजिकिदै गरेपनि तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्नेमा अन्यौतलता छाएको छ ।

कांग्रेसमा दिनहुँ बैठक र छलफल भएपनि दुवै पक्षको आ–आफ्नो अडान नछोड्दा विवादले झन उग्र रुप लिएको छ ।

पार्टीभित्र पेलेरै लैजाने रणनीतिमा रहेको पौडेल पक्षको बुझाई छ । हुन पनि देउवाले पार्टीभित्र निर्णय गर्दा आफूखुशी नै गर्ने गरेका छन् ।

जसका कारण पार्टीभित्र आन्तरिक किचलो बढ्दो मात्रामा देखिएको हो ।

पार्टी सभापति देउवा महाधिवेशन मिति सार्ने पक्षमा रहेका छन् भने पौडेलपक्ष जसरी पनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा रहेका छन् ।

त्यसले झन किचलो थप्ने काम गरेको छ भने एक अर्कामा बोली नै बन्द हुने अवस्थामा पुगेको छ ।

सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको शक्ति सन्तुलन नमिल्दा एकले अर्काको अस्तित्व ग्रहण गर्न सकेका छैन ।

जसका कारण पनि पार्टीभित्रको विवादले तेलमा घ्यू थप्ने काम गरेको छ ।

देश संघीयतामा गएको लामो समय भैसक्दा पनि कांग्रेसले आफ्नो पार्टी संगठनलाई संघीय संरचनामा ढाल्न सकेको छैन ।

यसैगरी भ्रातृ तथा शुभेच्छुक संस्थामा आ–आफ्ना गुटका व्यक्ति राख्नै पर्ने हाना थाप चलेको छ ।

यसले के देखाउँछ भने पार्टीभित्र संगठनलाई भन्दा पनि नेताहरुको ध्यान आगामी महाधिवेशनमा सभापति र पदाधिकारी बन्नेमा केन्द्रित भएको छ ।

महाधिवशेनको मिति घोषणा भए पनि अझै क्रियाशील सदस्यता वितरणको काम टुंगो लगाउन सकेको छैन ।

विधान अनुसार चार वर्षे कार्यकाल सम्पन्न भएर एकपटक विशेष परिस्थिति भन्दै थपिएको एक वर्षको अवधि सकिन लाग्दा समेत महाधिवेशन हुने वा नहुने निश्चित हुन सकेको छैन ।

पार्टी सभापति देउवाले पेल्ने र पौडेल लगायत नेताले झेल्ने बाहेक अरु काम अगाडी बढ्न सकेको छैन ।

यसले कांग्रेस पार्टीलाई कहाँ पुर्याउला भन्ने कुरा अहिले यसै भन्न सक्ने अवस्था छैन ।

अर्को भनेको तोकिएकै मितिमा महाधिवेशन हुने वा नहुने भन्ने कुराई पनि यसै भन्न सक्ने अवस्था छैन ।

पार्टी सभापति देउवा र पौडेल समूहबीच अहिले माया जहिल्यै रिसाउने माय जहिल्यै रिसाउने भन्ने गीतको थेगोले काम गरिरहेको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...