YouTube Link

नेपालगञ्ज म्याराथनको तयारी पूरा

Facebook Link

काठमाडौं: मंसिर ६ गते शनिवार हुने छैटौं नेपालगन्ज म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो ।

एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नको लागि हिडौं’ भन्ने नारा नेपालगन्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्घन्दरत तत्कालिन माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर ५ गते नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।

कोरोना महामारीकै बीच स्वास्थ्य सम्बन्धी नियम पालना गर्दै आयोजना हुन लागेको यस म्याराथन टोकीयो ओलम्पिकको छनोटको रुपमा समेत रहेको छ । नेपाल एथ्लेटिक्स संघबट मान्यता प्राप्त नेपालगन्ज म्याराथन यस पटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्काे वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसिले जानकारी गराएको छ ।

कोरोना महामारीका कारण यसपटक मानिसको जमघटमा कारोनाका कारण बढी ध्यान दिने र स्वस्थ्य सम्बन्धि मापदण्ड अपनाउनुपर्ने दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र समाजिक दुरीलाई कायम गर्न आयोजकले अनुरोध गरेको छ ।

यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्यानराथन, माहिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पाेरेट रन मात्रै समावेश गरिएको छ ।

यसपट म्याराथन र हाफ म्याराथनको पुरुस्कार राशीमा पनि बृद्घी गरिएको छ । म्याराथनका विजेताले ७५,दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । त्यस्तै क्रमश आठौं सम्माले १०, ८, ७, ६ र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार बढी पाउनेछ ।

महिला हाफ म्याराथन विजेताले ३०,दोस्रोले १५ तेस्रोले १० हजार रुपैया प्राप्त गर्नेछन । त्यस्तै चौथोले ७ पाँचौले ६ र छैटौं हुनेले ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

पुरुष म्याराथनमा यसपटक १३औं दक्षिण एसियली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह बोगटी, गत बर्षका विजेता नवराज साउद, सागकै (१० कि.मि) मा स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की लगयतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिदैछन ।

म्याराथन नेपालगन्जको विपीचोक देखि सुरु भएर कोहपुर चौराहा अगाडि पुगेर पुनः विपीचोकमा पुगेर टुंगिनेछ । विपीचोक देखि दौड सुरु भएपछि सडकको एउटा रुट खाली गराउने र ठाँउ ठाँउमा प्रहरी परिचालन गरीने सुरक्षा निकायबाट जानकारी प्राप्त भएको छ ।

नेपालगन्ज म्यारथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ ,दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल प्रहरी क्लबका भुमीराज राई र सेनाका नवराज साउद विजेता भएको थिए । त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी धाविका कान्छीमाया कोजु दुई संस्करण विजेता भइसकेकी छिन् ।गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...