YouTube Link

बिना निष्कर्ष सकियो नेकपा वैठक, १० दिनपछि फेरी बस्ने

Facebook Link

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को वैठक बिना निष्कर्ष सकिएको छ ।

आज दिउसो १ बजेबाट शुरु भएको बैठक बिना निष्कर्ष सकिएको हो ।

विवाद समाधानका लागि भन्दै शुरु भएको वैठक निष्कर्शमै पुग्न नपाई सकिएको हो ।

वैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका थिए ।

त्यसअघि ओलीको सहभागिता हुने कि नहुने भन्नेमा अन्यौलता सिर्जना भएको थियो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अध्यक्ष ओलीविरुद्ध पहिलो वैठकमा ३३ बुँदाको आरोपपत्र प्रस्तुत गरेपछि उनीहरुको समन्धमा दरार उत्पन्न गराएको थियो ।

त्यसपछि दाहालसँग रुष्ट भएका ओलीले सचिवालय वैठक डाकिएकै समयमा आकश्मिक मन्त्रीपरिषद वैठक बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न पुगेका थिए ।

ओली राष्ट्रपति भण्डारीलाई भेट्न गएपछि वैठकमा सहभागी हुन वालुवाटार पुगेका थिए ।

श्रोतका अनुसार वैठकमा महासचिव विष्णु पौडेलले जनभावनाअनुरुप काम गर्न नसकिएको भन्दै सबैले राजिनामा दिनुपर्ने कुरा प्रस्ताव गरेका थिए ।

महासचिव पौडेलको यस्तो प्रस्ताव आएपछि वैठकमा सहभागी सबै झसंग भएका थिए ।

उता प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालको विरोधपत्र अध्धयन गर्न केी समय लाग्ने भन्दै समय माग गरेपछि १० दिनपछि बैठक बस्नेगरी सचिवालय वैठक स्थगित भएको वालुवाटार श्रोतले जनाएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्य विषयमा जानकारी नदिएपनि सचिवालय वैठक १० दिनपछि बस्नेगरी वैठक स्थगित भएको बताएका छन् ।

पार्टी फुटको संघारमा पुगेको भन्दै चारैतिर हल्ला खल्ला मच्चिएको छ ।

यसले पार्टी नेतृत्वलाई दबाब पनि परेको छ ।

आज वारपारको स्थििति हुनसक्ने भन्दै नेकपाका कार्यकर्ताहरुले सामाजिक संजालमा विभिन्न खालको पोष्टहरु गरेको देखिन्छ ।

सचिवालय वैठक सकिएपछि अब फेरी मन्त्रीपरिषदको वैठक बस्ने तयारी भईरहेको छ ।

र यो पनि पढ्नुहोस्ः

पार्टी फुटको हल्लाले नेकपामा खैलाबैला,के होला आज ?
कोरोना जोखिम नभएका स्थानीय तहका विद्यालय सञ्चालनका लागि बाटो खुल्यो
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हाउ यान्छीबीच मध्यरातमा भेटवार्ता

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...