YouTube Link

वार्षिक प्रतिवेदन पेसका लागि युवा तथा खेलकुद मन्त्रालयद्वारा राखेपलाई पत्राचार

Facebook Link

काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पत्राचार गरेको छ ।

मन्त्रालयले नयाँ ऐनको कार्यान्वयनका लागि भन्दै पहिलोपल्ट राखेपलाई पत्राचार गरेको हो ।

पुरानो ऐन अनुसार राखेपले आफ्नो वार्षिक प्रतिवेदन मन्त्रालयमा पेस गर्नुपर्ने अनिवार्य थिएन ।

गएको असारमा खेलकुद विकास ऐन, २०७७ लागु भएपछि राखेपको अधिकांश अधिकार मन्त्रालयमा निहित गरिएको छ ।

कानुनी रुपमा राखेपको हरेक गतिविधिमा मन्त्रालयले नियन्त्रण तथा सुपरिवेक्षण गर्न पाउनेछ ।

मन्त्रालयले नयाँ खेलकुद ऐनअनुसार सचिवस्तरको निर्णयबाट राखेपलाई वार्षिक प्रतिवेदन पेस गर्न काक्तिक २६ गते उपसचिव गणेशप्रसाद पौडेलको हस्ताक्षरित प्रत्र पठाएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७६/७७का लागि हो । खेलकुद विकास ऐन २०४८ मा यो व्यवस्था थिएन ।

नयाँ व्यवस्था अनुसार ऐनको दफा ४६ को उपदफा २मा राखेपले प्रत्येक आर्थिक वर्षको प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ ।

अघिल्लो आर्थिक वर्ष सकिएको ३ महिना भइसक्दा पनि प्रतिवेदन नआएपछि मन्त्रालयले पत्राचार गरेको हो ।

प्रतिवेदमा राखेपको वर्षभरिको काम, कामका लागि भएको खर्च, राखेपको कोष तथा स्रोतसाधनको अवस्था, खेलकुद क्षेत्रको समस्या र त्यसको समाधनको हिसाब चुस्त हुनु पर्ने पनि ऐनमै उल्लेख छ ।

राखेपले बुझाएको प्रतिवेदन राखेपको अध्यक्ष समेत रहने खेलकुदमन्त्रीले राखेपाको संरक्षक समेत रहेक प्रधानमन्त्री सक्षम पेस गर्नुपर्नेछ ।

मन्त्रालयले सरकारी निकायलाई जवाफदेहि बनाउन यस्तो प्रावधान बनाएको छ ।

ऐनमा उल्लेख नभए पनि प्रधानमन्त्रीले सो प्रतिवेदन संसध प्रस्तुत गरी नियामवली बनाउने तयारी भइरहेको छ ।

आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदनमा सोही समयमा नेपालमै सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि पर्नेछ ।

राखेपले अहिलेसम्म सागकै प्रतिवेदन सार्वजानिक गरेको छैन ।

सागमा २ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको मोटामोटी हिसाब राखेप सदस्य सचिवले मौखिक जनाकारी गराए पनि आर्थिक प्रतिवेदन सार्वजानिक गर्न ढिला गरिरहेको छ ।

सदस्य सचिव रमेशकुमार सिलवालले साग सकिएको ९० दिनभित्र आर्थिक प्रतिवेदन पारदर्शी रुपमा सार्वजानीक गर्ने दाबी गरेका थिए ।

चैत यता कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएको र खेलकुद गतिविधि ठप्प हुँदा प्रतिवेदन तयार गर्न ढिला भएको राखेपको भनाइ रहेको छ ।

यही बिचमा असार १७ गते नयाँ खेलकुद ऐन लागु भएपछि राखेपको कार्यकारी बोर्ड स्वतः विघटन भयो ।

साउन १२ गते सिलवालले अर्को कार्यकालका लागि सदस्य सचिवको शपथ लिए ।

त्यसयता पनि कोरोन महामारी नरोकिएका कारण लक्ष्य अनुसारको काम भइरहेको छैन ।

मन्त्रालयले पत्र नै काटेर प्रतिवेदनको माग गरेपछि खेलकुदको नियमनकारी निकायबीचको शक्ति सन्तुलनमा गम्भीर असर पर्ने राखेपका पूर्वसदस्य सचिव युवराज लामाको भनाइ छ ।

मैले पहिले नै नयाँ ऐनको व्यवस्था नेपाली खेलकुदको हितमा छैन भनेकै थिएँ अब यसका असरहरु बिस्तारै देखिन थालेको छ ।

कोभिड-१९ का कारण पछिल्लो ९ महिनादेखि खेलकुद अस्तव्यस्त छ ।

र यही बेलामा प्रतिवेदन पठाउन पत्राचार गर्नु कतिको हास्यस्पद होला ?

लामाले प्रतिप्रश्र गरे यो भनेको मन्त्रालयले आफू खेलकुदको सर्वेसर्वा ठानेको र हामीले भविष्यमा पनि धेरै देख्न पाउँछौ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...