नेपाल बंगलादेश बैंकले अनाथालयलाई तीन लाख रुपैयाँ सहयोग
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १३:१४
1.7K
shares
काठमाडौं: नेपाल बंगलादेश बैंकले विहीबार भक्तपुरको सिपाडोल वडा नं ८, सूर्यविनायक स्थित मुस्कान सेवा नेपाल अनाथालयलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अनाथालयलाई सहयोग गरेको हो ।
नेपाल बङ्गलादेश बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरिएको थियो । सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् ।
उक्त संस्थाले सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुर स्थित आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि बैंकले उक्त रकम प्रदान गरेको हो । आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १३:१४




















