सिटिजन्स बैंकको डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ योजना
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १२:४७
1.8K
shares
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेशनलले “डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले मोबाइल बैकिङ् मार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।
बैंकका मोबाइल बैकिङ् प्रयोगकर्ताहरुले दशैंको दिनदेखि द्वादशीसम्म तिन पटक गरी ५०० रुपैयाँ भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा विवरणमा “दक्षिणा” भनी खुलाउनपर्ने बैंकले जनाएको छ ।
दशैलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ् सभ्यताको विकास हुने र कोरोना भाईरस विरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ् एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १२:४७




















