प्रभु बैंकको पर्सा जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर
वि.सं.२०७७ असोज २९ बिहीवार १७:००
2K
shares
काठमाडौं: प्रभु बैंकले पर्सा जिल्लाको बिरगन्ज महानगरपालिका वडा नं -९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरले असोज २९ गतेदेखि कारोबार शुरु गरेको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । यस काउण्टरबाट प्रवाह गरिने बैंकिङ् सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटीएम, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ् सेवा प्रवाह गर्दै आएको छ ।
वि.सं.२०७७ असोज २९ बिहीवार १७:००



















