एनआईसी एशिया बैंकमा भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २ दिनमात्र बाँकी
वि.सं.२०७७ असोज २९ बिहीवार १७:२४
1.7K
shares
काठमाडौं: एनआईसी एशिया बैंकमा भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न अब २ दिनमात्र बाँकी रहेको छ ।
बैंकले कोरोना भाईरस महामारिबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न सहुलियत योजना ल्याएको थियो । यस योजना अन्तर्गत यही श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको यही आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक देखि लागु हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
बैंकले मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकले यस योजनाको फाइदा उठाउन सक्ने जनाएको छ ।
वि.सं.२०७७ असोज २९ बिहीवार १७:२४


















