नेपालमा कोरोना संक्रमितको संख्या १,०५,६८४ पुग्यो
वि.सं.२०७७ असोज २४ शनिवार १७:१७
1.4K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ८ जनालाई संक्रमण देखिएको हो । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना सहित ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ।
वि.सं.२०७७ असोज २४ शनिवार १७:१७




















