दुई गजल
वि.सं.२०७७ असोज २४ शनिवार ०७:२८
2.1K
shares
१)
के ? खोजेकी मसँग नजर जुधाएर-तिमीले
लाजको घुम्टो सुस्त-सुस्त उठाएर-तिमीले ।
भन्छौ, हाम्रो माया जनम-जनमको हो भनेर
फास्छौ कि खै मायाले मलाई फकाएर-तिमीले ।
जता जान्छु उतै मेरो पछि-पछि आउँछौ,किन ?
पाउछौ के ? मलाई यसरी सताएर-तिमीले ।
चोट लाग्दा मलाई दुख्नु पर्ने मलाई हैन र
हेर्छौ मलाई गाजलु आँखा रसाएर-तिमीले ।
मिल्छ कस्तो खुशी तिमीलाई मेरो दुख साटेर
हास्दै काँडाको बाटोमा फुल बिछ्याएर-तिमीले ।
२ )
आउन त आऊ खास भएर आऊ
मैले फेर्ने हरेक सास भएर आऊ ।
जस्तै दुख परे पनि नघबराऊ तिमी
दुध,पानी छुट्याउने हाँस भएर आऊ ।
कर्म गर्नु त छदैछ यार दुनियामा आए पछि
दिनको थकानमा रातको बास भएर आऊ ।
मेरो जीत,तिम्रो हार हुने मायाको खेल खेलौला
त्यहि मायाको जुवाको तिमी तास भएर आऊ ।
मायाको कुरामा तिमी अगाडी नै रहनु
थोरै हैन अलिअलि रास भएर आऊ ।
वि.सं.२०७७ असोज २४ शनिवार ०७:२८



















