माछापुच्छ्रे बैंक र अशोक लेलैण्डबिच सम्झौता
वि.सं.२०७७ असोज २३ शुक्रवार १७:२९
1.5K
shares
काठमाडौं: माछापुच्छ्रे बैंक र आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डबिच सम्झौता भएको छ ।
आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित डोष्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने भएको छ । उक्त कर्जा अधिकतम ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ ।
यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुलाई कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा ब्राण्ड अवारनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्न सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भयो ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १७:२९



















