दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ११ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ असोज २४ शनिवार १२:५४
1.5K
shares
नुवाकोटः दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाको अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा सक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् ।
अध्यक्ष तामाङको अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् ।
वि.सं.२०७७ असोज २४ शनिवार १२:५४




















