दुई मुक्तक
वि.सं.२०७७ असोज २३ शुक्रवार ०७:३४
1.9K
shares
१)
भेटेका जति सबै आफ्ना देखे जति आफ्नो
मनमा भाको कुरा छोड लेखे जति आफ्नो
आफ्नै आँगन पराई हुन्छ समय बित्दै जादा
पृथिबी नै गोलो छ साथी टेके जति आफ्नो ।
२)
खाँचो त मान्छेलाई के के को मात्र हुन्न
बाँचुन्जेल तेरो ><><मेरो मरेपछि छुन्न
जे छ त्यसैमा रमाए सुख आफै मिल्छ !
सन्तोषम् परम् सुखम् छोडे मान्छेले गुन्न ।
वि.सं.२०७७ असोज २३ शुक्रवार ०७:३४



















