बैंक अफ काठमाण्डूको लाभांश दिने घोषणा
वि.सं.२०७७ असोज १९ सोमवार १५:०४
1.3K
shares
काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज १९ सोमवार १५:०४




















