नेपाल बैंकले सञ्चालक सम्बन्धी नयाँ व्यवस्था गर्ने
वि.सं.२०७७ असोज १९ सोमवार १४:४५
1.7K
shares
काठमाडौं: नेपाल बैंक लिमिटेडले आज असोज १९ गते सोमबार विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको भिडियो कन्फ्रेन्स मार्फत १०.३० बजे साधारणसभा बोलाएको हो । आज बस्ने विशेष साधारण सभाले नेपाल बैंकको प्रवन्धपत्र नियमावली परिवर्तन गरेर सञ्चालक सम्बन्धी नयाँ व्यवस्था गर्ने बैंकले जनाएको छ ।
आजको एसडीजीएमले सरकारतर्फको सञ्चलक समिति घटाएर पब्लिक तर्फको बढाउने एजेण्डलाई प्राथमिकता दिएको छ । अहिले नेपाल बैंकको बोर्डमा सरकारतर्फको ४ जना र पब्लिकतर्फको २ जना र एक जना विज्ञ सञ्चालक रहेका छन् । सो मध्ये सरकारको र पब्लिकको बराबरी सञ्चालक चयन हुने बैंकले जनाएको छ । हाल नेपाल बैंकमा सरकारको ५१ र आम पब्लिकको ४९ प्रतिशत शेयर रहेको छ ।
विशेष साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज गरेको थियो । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र बैंकको विशेष साधारण सभामा भाग लिन सक्नेछन् । सभामा सहभागी हुन चाहने शेयरधनीलाई जुम आईडी तथा पासकोड उपलब्ध गराएको बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज १९ सोमवार १४:४५




















