YouTube Link

श्रीमान र ससुराबाटै भयो यस्तो बर्बर यौनहिंसा

World Cup 2026
Facebook Link

बझाङ : आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती ।

बलात्कार र यातनाको कहालीलाग्दो श्रृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य छटपटी र चीत्कारले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको ध्यान खिच्ने गरेको छ । उनी स्वास्थ्यकर्मीसँग आफूले भोगेको कहालीलाग्दो पीडा सुनाउँछिन् । पूरा सुनाउन नपाउँदै फेरि बेहोस हुन्छिन् ।

शनिबार भेट्दा उनी चार दिनपछि पूणर् होसमा आएकी रहिछन् । ‘पापीहरू सबै लागेर मलाई बलात्कार गरे । आफूले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर उस्तै गर्न लगाए,’ उनले भनिन्, ‘पानी त खान देओ भन्दा पनि दिएनन् । उल्टै सबैले मुखमा पिसाब फेरिदिए । प्यास मेटाउन त्यो पनि खाएँ । चुरोटले जीउभरि पोले ।’

आफूले भोगेको चरम यातना र श्रृंखलाबद्ध बलात्कारको पीडा सुनाउन खोज्दाखोज्दै उनी फेरि बेहोस भइन् । बेहोसीमै रुँदै बर्बराउन थालिन् । ‘मैले कसैको पाप त गरेको थिइनँ । मलाई यो हालतमा किन पुर्‍याए रु’ यति भन्दाभन्दै उनले हातमा लगाएको क्यानुला चुँडाइन्, ‘तपाईंहरूलाई थाहा छ, अब म आमा बन्न सक्दिनँ । नभए मेरो पेट किन काट्यो रु कसले काट्यो रु मैले के अपराध गरें रु’

नजिकै बसेर उनको यो हालत हेरिरहेकी र उनीमाथिको अत्याचारबारे जानकार एक नर्स आँखाभरि आँसु पार्दै डाक्टर बोलाउन गइन् । केहीबेरमै आएका डा। सन्दीप ओखेडा र मिलन खड्काले उनलाई फकाउँदै हातका नसा खोजे, फेरि क्यानुला घोपे र इन्जेक्सन लगाइदिए । केहीबेरमा उनी सुस्ताउन थालिन् ।

उनी शान्त भएपछि पीडितका काकाले घटनाको बेलिबिस्तार लगाए । माइती घर बुंगल नगरपालिका(२ की ती युवतीको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका(९ सुनकुडाका एक युवकसँग विवाह भयो ।

नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरेपछि काकाले संरक्षण गरे र उनैले २०७४ असारमा कन्यादान गरे । ‘पहिलो वर्ष त राम्रै थियो । त्यसपछि मेरी छोरीमाथि जे भयो म कसरी बताऊँ रु’ काकाले भने, ‘दुःख गरेर हुर्काएकी मेरी छोरीलाई राक्षसहरूले दिनु दुःख दिएछन् ।’

विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे । एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै झारफुकतिर पनि लागे ।

त्यसपछि सबै भारतको बेंग्लोर पुगे । त्यहाँँ काम नपाएपछि पीडित युवतीसहित सासू र नन्दलाई बेंग्लोरमै रहेको जेठी छोरीको कोठामा छोडेर ससुरासहित काम खोज्न तमिलनाडु पुगे । तमिलनाडुको जिपुर अग्नासी भन्ने ठाउँको एउटा कपडा कारखानामा सबैका लागि काम खोजेर ससुरा र श्रीमान् उनीहरूलाई लिन बेंग्लोर फर्किए ।

उनीहरूका साथ लागेर बेंग्लोरमै रहेका उनका नन्दको परिवार पनि काम गर्न तमिलनाडु पुग्यो । कारखानाले नै उपलब्ध गराएको दुईवटा सुत्ने कोठा र एउटा भान्सा कोठा भएको फ्ल्याटमा उनीहरू बस्न थाले । महिलाहरू ९पीडित युवती, सासू र नन्द० दिउँसो कम्पनीमा गएर धागो बनाउने काम गर्थे । पीडितका श्रीमान् १५ दिन दिउँसो र १५ दिन राति त्यही कम्पनीमा चौकीदारी गर्थे । ससुराको दिउँसोको ड्युटी थियो ।

‘उनका श्रीमानको राति ड्युटी परेका दिन ससुराले सुत्ने बेला दूधमा बेहोस हुने औषधि हालेर खुवाउँदो रहेछ अनि बलात्कार गर्ने रहेछ,’ पीडितका काकाले भने, ‘श्रीमान् कोठामा नभएको रात आफूमाथि यौन सम्पर्क भएको कुरा छोरीले बिहान मात्रै ९शरीरमा लागेको वीर्य आदिको माध्यमबाट० थाहा पाउने रैछ ।’

दिनहुँ श्रीमान् नभएका बेला सम्पर्क हुन थालेपछि उनले एक दिन ससुराले दिएको दूध खाए जस्तो मात्रै गरेर सुटुक्क फालिदिएपछि घटनाको रहस्य पत्ता लाग्यो । ‘उनी चिच्याएपछि सासू र ससुरा लागेर कुटेछन् । सासुले हात खुट्टा च्यापिछन्, ससुराले बलात्कार गरेछन्,’ उनले भने ।

भोलिपल्ट बिहान ससुराले गरेको सबै कुकर्म उनले श्रीमानलाई बताइन् तर श्रीमान्ले साथ दिनुको सट्टा उल्टै ससुरालाई साथ दिए । त्यसपछि बलात्कार र यातनाको क्रम झन् हिंस्रक हुँदै गयो । ‘त्यो कुरा श्रीमानलाई भनिसकेपछि त राक्षसहरूले झन् सास्ती दिन थालेछन्,’ पीडितले सुनाएको आधारमा काका भन्दै थिए, ‘रक्सी खाएर तीनै जना ९श्रीमान्, ससुरा र नन्दका श्रीमान० मातेर आउँथे । बलात्कार गर्न नदिए चुरोटले स्तन, पेट, तिघ्रा र संवेदनशील अंगमा पोल्थे । यो कुरा बाहिर भने मारिदिन्छु भन्थे । अनि तीनै जना रातभर सँगै बलात्कार गर्थे ।’

यसैबीच युवतीको पेटमा गर्भ रह्यो । दुई महिनासम्म महिनावारी नभएको थाहा पाएपछि उनका ससुराले नै तमिलनाडुको एक अस्पतालमा लगेर गर्भपतन गराए । ‘गर्भपतन गराएकै दिन दुई जना अन्य मानिस बोलाएर पाँच(पाँच हजार भारु लिएर फेरि उसलाई बलात्कार गर्न लगाएछन्,’ पीडितका काकाले भने, ‘बाबु र छोरा ढोकामा बसेर उनीहरूलाई भित्र पठाएछन् । पीडाले छटपटाएकी छोरीले पानी देऊ भन्दा उसको मुखमा पिसाब फेरिदिएछन् ।’

त्यस दिन बाहिरबाट बलात्कार गर्न आउने दुई जना नेपाली भए पनि छोरीले नचिनेको काकाले बताए । ससुरा, श्रीमान् र नन्दका श्रीमान्ले आफूलाई मन लाग्दा बलात्कार गर्ने र अरू बेला पैसा लिएर बाहिरका मान्छे बोलाएर नियमित बलात्कारमा लगाउने गरेका रहेछन् । यसैबीच उनलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले स्थायी बन्ध्याकरण ९मिनिल्याप० पनि गराइएको काकाले सुनाए । ‘कहिले बन्ध्याकरण गराए भन्न सक्दिनन्,’ उनले भने, ‘सायद बेहोस बनाएर त्यसो गरिएको हुन सक्छ ।’

जिल्ला अस्पतालकी मनोसामाजिक परामर्शकर्ता शान्ति अवस्थीले लगातारको बलात्कार र यातनाका कारण उनी गम्भीर खालको मानसिक समस्यामा परेको बताइन् । ‘उनको देह व्यापार गरेर पैसा कमाउने उद्देश्यले बन्ध्याकरण गरेको देखिन्छ । उसले भोगेको शारीरिक र मानसिक यातना सामान्य मान्छेले कल्पना गर्नै सक्दैन,’ उनले भनिन्, ‘नियमित उपचार पाइन् भने यो समस्याबाट मुक्त गराउन सकिन्छ तर समय लाग्छ ।’

जिल्ला अस्पतालका डा। मिलन खड्काका अनुसार उनलाई ‘मल्टी पर्सनालिटी डिसअर्डर’ भन्ने मानसिक समस्या देखिएको छ । कुनैकुनै बेला मात्रै उनी पूणर् होसमा आउने गरेको खड्काले बताए । ‘चरम यातना र मानसिक टर्चरपछि यस्तो समस्या हुन्छ । यस्तो अवस्थामा मानिसले म को हुँ भन्ने नै चिन्दैन,’ उनले भने ।

यसरी भयो उद्धार
युवतीमाथि २०७६ मंसिरदेखि बलात्कार र यातनाको श्रृंखला सुरु भएको हो । पीडित युवतीका काकाकाकी तामिलनाडुको नागापाटनममा बस्थे । त्यहाँबाट युवती बस्ने ठाउँ अग्नासी पुग्न १२ घण्टाको बस यात्रा गर्नुपथ्र्यो ।

नियमित चौकीदारी गर्नुपर्ने र बिदा नमिल्ने भएकाले छोरी भेट्न नपाएको काकाले बताए । ‘छोरीको मोबाइल थिएन, साता १० दिनमा म उसको ससुरालाई फोन गर्थें । छोरीलाई ठीकठाक छ, अहिले काममा भएकाले पछि कुरा गराइदिउँला भन्थे,’ उनले भने ।

फागुनको दोस्रो सातातिर उनले युवतीका ससुरालाई फोन गरेका थिए । मोबाइल चार्जमा राखेका बेला युवतीले देखिन् तर कुटाइ खाने डरले रिसिभ गरिनन् । बरु इँटाको टुक्राले नम्बर भित्तामा लेखिन् । ‘केही दिनपछि उनीसँगै काम गर्ने गोविन्दसिंह नामका एक भारतीयले उनको अवस्था देखेर सोधीखोजी गरेको रहेछ,’ काका भन्छन्, ‘छोरीले आफूलाई घरका मान्छेले निकै यातना दिएको कुरा सुनाइछन् । मेरो नम्बर दिँदै काकाको घर पुर्‍याइदेऊ भनेर सहयोग मागिछन् । गोविन्दले मलाई सम्पर्क गरेपछि मात्रै सबै कुरा थाहा भयो । पछि उसैले गाडीमा छोरीलाई म कहाँ पठाएदिएको हो ।’

फागुन २८ गते युवती सम्पर्कमा आएपछि उनी कानुनी कारबाहीका लागि नेपाल आउने तयारीमा थिए । लकडाउन भएपछि भदौमा मात्रै यहाँ आउन सम्भव भएको उनले बताए । ‘घटना थाहा पाउनेबित्तिकै भारतको कानुन हामीलाई थाहा थिएन । चिनजानको पनि कोही छैन । अपराधीलाई नेपालमै कारबाही गर्नुपर्छ भनेर आफ्नो जागिर छाडेर आएँ,’ उनले भने । भदौ पहिलो साता नेपाल आएका उनले १५ दिनको क्वारेन्टाइनपछि घटनाको विषयमा प्रहरीलाई जानकारी गराएका हुन् ।

‘भारतीय नागरिकको सहयोगमा छोरीको उद्धार भएर मकहाँ आइपुग्दा शरीरभरि जताततै चोटैचोट थियो,’ उनले भने, ‘छातीमा टोकेका र चुरोटको ठुटाले पोलेका घाउहरू आलै थिए । पछि अस्पताल भर्ना गर्‍यौं ।’ अहिले प्रहरीले पीडितका श्रीमानलाई पक्राउ गरिसकेको छ ।
उनले अपराध स्वीकार गरिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । ‘हामी विस्तृत अनुसन्धानमै छौं,’ उनले भने, ‘अभियुक्तका रूपमा रहेका पीडितका सासू, ससुरा, नन्द, नन्दका श्रीमान् भारतमै रहेकाले उनीहरूलाई कसरी ल्याउने भन्नेबारे पनि छलफल भइरहेको छ ।’ कान्तिपुर दैनिकबाट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...