YouTube Link

जिउदै मान्छे ईटाभट्टामा जलाउने अफतावका मुख्य सहयोगी सहनी पक्राऊ

World Cup 2026
Facebook Link

काठमाडौं : रौटहटमा पहिलो संविधानसभाको चुनावअघि दर्जनौ व्यक्तिलाई ईटाभट्टामा जलाएको आरोपमा पक्राउ परेको नेपाली कांग्रेस नेता अफताव आलम यतिखेर जेलमा हावा खाईरहेका छन् ।

त्यही घटनामा आलमलाई साथ दिने अर्का व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ बारा सिम्रौनगढ नगरपालिका- ४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा जिउदै मान्छेलाई ईटाभट्टामा हालेर जलाएको स्वीकारेको प्रहरीले जनाएको छ । घटनाका बेला सहनी हेड मिस्त्री रहेका थिए ।

प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका-७ स्थित नेपालभारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले पुष्टि गरेको छन् ।

अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो।

पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस ४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो।

सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए। त्यसेबला घाइतेहरुलाई नजिकै रहेको ईटाभट्टामा लगेर जलाएका थिए ।

त्यो बेला प्रमाण नष्ट गर्नको लागि घाइतो सबैलाई ईटाभट्टामा हालेर जलाएपनि पछि त्यो घटना बाहिर आएपछि मुख्य अभियुक्त आलमलाई केही समयअघि प्रहरीले पक्राउ गरि थुनामा राखेको छ ।

उनी घटनाको १२ वर्षपछाडी पक्राउ परेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...