नेकपाको सचिवालय वैठक स्थगित
वि.सं.२०७७ असोज १७ शनिवार १२:०८
1.5K
shares
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
आज अपरान्ह ४ बजेका लागि बोलाईएको बैठक स्थगित भएको एक नेताले बताए । उनका अनुसार सचिबालय बैठक भोली आइतबार बस्ने भएको छ ।
मन्त्रीहरु छान्नका लागि बस्न लागेको बैठक स्थगित हुन पुगेको हो ।
गत बिहिबार प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मुख्यसचिव तथा राजदूतको नियुक्ति गरेपछि पार्टीभित्र हंगामा मच्चिएको थियो । सो कुरा सचिवालय बैठकमा उठ्ने निश्चित प्राय देखिन्छ ।
प्रधानमन्त्री ओलीमाथि हरेक नियुक्तिमा पार्टीमा छलफल गर्ने सहमति भएपनि निर्णय गर्दा एक्लै गर्ने गरेको भन्दै पार्टीका नेताहरुले बिरोध जनाएका छन् । यो कुरा बैठकमा उठ्ने भएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक नै रोकेका हुन कि भन्ने आशंका नेकपाका नेताहरुले गर्न थालेका छन् ।
वि.सं.२०७७ असोज १७ शनिवार १२:०८




















