Texas College
YouTube Link

इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स सुपर ओभरमा विजयी

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेबिना मैदान उत्रिएको दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स-११ पञ्जाबमाथि जित निकालेको हो ।

निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि भएको सुपर ओभरमा दिल्लीले जित हात पार्यो ।

सुपर ओभरमा दिल्लीका कागिसो रवाडाले पञ्जावका के एल राहुल र निकोलस पुरनलाई पेभिलियन पठाए ।

के एल राहुललाई कप्तान श्रेयर ऐयरको हातबाट क्याच आउट गराएका रावाडाले पुरनलाई बोल्ड गर्दै सुपर ओभरमा मात्र तीन रन दिए ।

सुपर ओभरमा पञ्जाबका ग्लेन म्याक्स्वेल शुन्य रनमा अविजित रहे ।

सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको दिल्लीलाई रिसभ पत्नले जित दिलाए ।

पञ्जाबका लागि बलिङ गरेका मोहमद सामीले एक रन वाईड फालेपछि दिल्लीले शुन्य दशमलव २ ओभरमा जित हात पार्यो ।

सुपर ओभरमा दिल्लीका कप्तान श्रेयर ऐयर शुन्य रनमा अविजित रहे भने पन्तले २ रन जोडे ।

दिल्लीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले अन्तिम ओभरमा बराबरी रन बनायो ।

अन्तिम ओभरमा मयंक अग्रवाल ८९ रनमा आउट भएपछि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले मात्र १ सय ५७ रन बनायो ।

पञ्जाबका केएल राहुलले २१, कृष्णप्पा गोवथामले २०, सर्फराज खानले १२ रन बनाए ।

पञ्जाबका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

दिल्लीका कागिसो रावाडा र रविचन्द्र आश्विनले समान दुई-दुई विकेट लिँदा मोहित शर्मा र अक्षर पट्टेले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

उसका लागि स्टोनिसले २० बलमा ७ चौका र ३ छक्काको मद्धतमा ५२ रन बनाए ।

यसअघि चार ओभरमा मात्र १३ रन हुँदा दिल्लीले तीन विकेट गुमाएको थियो ।

ओपनर सिखर धवनलाई शुन्य रनमा गुमाएको दिल्लीका लागि रिशभ पन्त र कप्तान श्रीयस ऐयरले ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

ऐयरले ३९ रन जोडे भने पन्तले ३१ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका लागि मोहम्मद सामीले सर्वाधिक तीन विकेट लिए ।

जितसँगै उपाधिको लक्ष्य सहित १३ औं संस्करणको आईपीएलमा सहभागि भएको दिल्लीले सुखद सुरुवात गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...