YouTube Link

नबिल चाडपर्व योजना: व्यक्तिगत मुद्दती खातामा ९ प्रतिशत ब्याजदर

Facebook Link

काठमाडौं: नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।

 

व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने बैंकले आशा गरेको छ ।

 

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९  प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै गरी १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५  प्रतिशत ब्याजदर, २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५  प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५  प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

 

बैंकले घर कर्जामा ७.४ प्रतिशत , धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत र साना तथा मझौला कर्जामा, एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत दिने निर्णय गरेको छ ।

 

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...