बालबालिका लागि पोषणयुक्त आहारको भूमिका
वि.सं.२०७७ भदौ १९ शुक्रवार १४:५९
3K
sharesकुनैपनि किसिमका रोग तथा भाईरसको संक्रमणबाट जोखिन पोषणयुक्त आहारको ठूलो महत्व हुन्छ । पोषण भन्नाले खानेकुरा खादाँ त्यो खाने कुरा समुचित प्रयोग अर्थात निल्नु, पचाउनु र सोस्नु हो । जसको मद्दले मानिसको शारीरीक मानसिक विकासमा टेवा पुर्याउँछ ।
हामीले उपभोग गर्ने सबै खाद्य पदार्थमा एकै किसीमको पोषक तत्व भने हुँदैन । फरक फरक खाद्य पर्दार्थमा फरक फरक पोषण तत्व पाईन्छ । जसको उपभोगबाट हामीले त्यो पोषण प्राप्त गर्ने गर्दछौ । अझ बालबालिकामा लागि पोषणयुक्त खानाको महत्व बढि हने गर्दछ । अध्ययनका अनुसार पहिलो दुई वर्षमा बालबालिकाले खाने हरेक खानाको ७५ प्रतिशत भाग मस्तिक निर्माणमा उपयोग हुने गर्दछ ।
नेपालमा पोषणको स्थिति
बालबालिको शारीरिक तथा मानसिक विकासका लागि उपयुक्त पोषण एक दरिलो स्तम्भ हो । राम्रो पोषण पाएका बालबालिकाको मानसिक तथा शारीरिक विकास सोहि अनुप हुने गर्दछ । राम्रो पोषण पाएका बालबालिकामा नयाँ कुरा छिटो सिक्ने क्षमता पोषण नपाएका बालबालिकाको तुलानामा अधिंक हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । उनीहरुको दिमाग तेजीलो र छिटो टिप्न सक्ने खालका हुने गर्दछन् । तर पोषणयुक्त आहार नपाएका बालबालिकामा भने पोषणको कमीले शरीरिक विकास तथा मानसिक विकासमा रोकावट आउने गर्दछ ।
विश्व स्वास्थ्य संगठनको अनुसार रक्तअल्पताको दर पाँच प्रतिशतभन्दा कम भएमा त्यसलाई ठिकै मानिन्छ । तर नेपालको अवस्था हेर्दा रक्तअल्पता भएका पाँच वर्ष मुनिका बालबालिका ५३ प्रतिशत बालबालिका रहेका छन् भने ४६ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या दखिन्छ । जुन एकदमै नराम्रो अवस्थाका रुपमा बुझिने गरिन्छ । शिशु स्वस्थ रहन आमाको दूध नै सबैभन्दा उत्तम पोषण मानिए पनि पूर्ण स्तनपानको अवस्था घट्दो क्रममा छ ।
विश्वमा ५ वर्षमुनिका १५ करोड ५० लाख बालबालिका कुपोषणका कारण पुड्का छन् । ५ करोड २० लाख ख्याउटेपना र एक करोड ७० लाख बालबालिकामा कडा ख्याउटेपन देखिएको पाइन्छ । सन् २०१०–२०११ मा राष्ट्रसंघीय बालकोषद्वारा (युनिसेफ) विश्वका ६५ देशहरुमा सञ्चालित शिशुतथा बाल्यकालीन पोषण सम्बन्धी क्रियाकलापहरुको मूल्याङ्कनको प्रतिवेदन अनुसार नेपालको अवस्था दक्षिणपूर्वी एशियाका अन्य देशहरुको औसत भन्दा कम छ । उक्त प्रतिवेदनमा नेपालको शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी कार्यहरुलाई तत्काल सुदृढ गर्न सुझाव समेत दिएको छ ।
नेपालको दुई दशकको पोषणको स्थित केलाउने हो भने उल्लेखनीय रुपमा यसको दर घटेको छ । तर अझै पनि पोषणको स्थित नाजुक नै रहेको छ । नेपालको जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ अनुसार नेपालमा ३६ प्रतिशतमा पुड्कोपना (उमेर अनुसार उचाई नहुनु), कम तौल (उमेर अनुसार वजन नहुनु) २७ प्रतिशत र १० प्रतिशतमा ख्याउटेपना (उचाई अनुसारको वजन नहुनु) रहेको छ ।
पूर्वी नेपालको तुलनामा मध्य र सुदूर पश्चिमका बालबालिकाहरू बढी कुपोषित देखिएको छ । सन् २००८ मा भएको सर्वेक्षणअ अनुसार जाजरकोटमा उच्चतम कुपोषित बालबालिकाहरू १०.५५ रहेको छ । पोषिलो खानाको अभावमा प्रायः जसो पहाडी भू—भागमा करीव ३५—४० बर्षी महिलाहरू ५०—५५ वर्षउमेरका देखिन्छन् । मध्य र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूमा प्रायः ८० प्रतिशत भन्दा बढी महिलाहरू र विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू कुपोषणवाट प्रभावित छन् ।
विश्व स्वास्थ्य संगठनको अनुसार रक्तअल्पताको दर पाँच प्रतिशतभन्दा कम भएमा त्यसलाई ठिकै मानिन्छ । तर नेपालको अवस्था हेर्दा रक्तअल्पता भएका पाँच वर्ष मुनिका बालबालिका ५३ प्रतिशत बालबालिका रहेका छन् भने ४६ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या दखिन्छ । जुन एकदमै नराम्रो अवस्थाका रुपमा बुझिने गरिन्छ । शिशु स्वस्थ रहन आमाको दूध नै सबैभन्दा उत्तम पोषण मानिए पनि पूर्ण स्तनपानको अवस्था घट्दो क्रममा छ । शिशुको पोषण राम्रो हुन गर्भवतीको उचित पोषण हुनु आवश्यक छ । रक्तअल्पता भएका गर्भवतीको गर्भमा रहेको शिशुले उचित पोषण पाउन नसक्दा जन्मिएका बच्चा कम तौलको हुने, पुड्कोपना हुने र रक्तअल्पता हुने सम्भावना अधिक हुन्छ ।
नेपालमा हुने कुल बालमृत्युको ५३ प्रतिशत कुपोषणका कारण भइरहेको राष्ट्रसंघीय बालकोष (युनिसेफ) को एक अध्ययनले देखाएको छ । पोषणको अवस्थामा सुधार गरी कुपोषण कम गर्ने सरकारी कार्यक्रम प्रभावकारी अझै हुन सकेको छैन । मातृ–शिशु पोषणको अवस्था राम्रो भए मात्रै स्वस्थ जनशक्ति विकास हुन्छ । साथै मानिसको शारीरिक तथा मस्तिष्कको विकासका लागि पोषण अपरिहार्य छ ।
बालबालिकामा पोषणयुक्त खाना
बालबालिकाको शारीक विकासका लागि गर्भावस्थादेखि नै ध्यान दिनु पर्ने हुन्छ । त्यसैले शिशु गर्भमा हुँदा नै आमाले स्वस्थकर खानेकुरामा जोड दिनु पर्छ । जसका लागि आइरन, क्यल्सियम, भिटामिन, मिनरलस लगायत पोषणयुक्त खानेकुरालाई प्राथमिकतामा राख्नुपर्छ । गर्भा अवस्थामा महिलाहरुले हरियो सागपात, फलफुल माछा–मासु, दूध दहि लगाएत पौष्टिक तत्व भएका खाना खानु पर्दछ । साथै शिशु जन्मे पछि पनि बच्चाहरुको स्वाथ्य राम्रो बनाउन जन्मेको ६ महिनासम्म आमाको दुध मात्रै खुवाउनुपर्छ । साथै ६ महिनापछि भने आमाको दुखले मात्र नपुग्ने भएकाले जाउलो, दाललगायत विभिन्न अन्नका साथै उमेरको वृद्धिसँगै अरु विभिन्न खानाको आवश्यकता हेरी पोषणयुक्त खानेकुरा खुवाउनु पर्दछ ।
बालबालिकाको बढ्ने उमेरका भएकाले उनीहको उमेर अुनसार शारीरक तथा मानसिक विकासका लागि पोषणयुतm खानेकुरा आवश्य छ । जसका लागि मौसमअनुसारका फलफूल, दूध, दूधबाट बनेका समाग्री, हरियो सागपात, माछामासु, अन्डा, गेडागुडी, पहेलो पाकेका फलफु्ल लगाएत खानेकुरा खुवाउनु पर्छ । जसमा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्रचुर मात्रमा पाइन्छ । जसको सेवनबाट बालबालिकाको बौद्धिक तथा शरीरिक विकासमा मद्दत पुग्दछ । यसका साथै शरीरका लागि चिल्लो पदार्थ समेत अति महत्वत्पूर्ण भएकाले घिउ, तेल लगायत चिल्लोयुक्त खानेकुरा समेत खुवाउनु पर्दछ ।
बालबालिकालाई कस्तो खाना खुवाउने
बालबालिकालाई कस्तो खाना खुवाउने भन्नेमा धेरै अमाहरुलाई चिन्ता हुनु स्वभावीक हो । धेरै आमाहरुलाई बालबालिकाको भोको पेट भर्न पाए त्यसले पुग्छ भन्ने लाग्न सक्छ । तर बालबालिकाको भोको पेट भर्नुले मात्र बालबालिकाले पूर्ण पोषणतत्व पाएका छन् भने चाहि होइन । हामीले बालबालिकालाई कस्तो खाना खुवाएका छौ त्यसका आधारमा पोषण कति छ या छैन भन्ने कुरामा भर पर्दछ ।
सामान्य रूपमा खेतबारीमा फलेका दाल, चामल, फलफूल, गेडागुडी दैनिककीमा प्रयोग गर्नु पोषणका आधारमा उचित हुन्छ । यसबाट बालबालिकाले आवश्यक प्रोटिन, क्याल्सियम लगायत पौष्टिक धेरै मात्रामा पाउँन सक्छन् । खानामा दाल, भात, रोटी, मकै, अण्डा, मौसमअनुसारको फलफूल, घिउ, तेल, इत्यादिले बालबालिकामा आवश्यक पौष्टिकतत्व पाउन सक्छन् । यसले उनीहरुको शरीरिक एवं मानसिक विकासमा मद्दत गर्दछ ।
बालबालिकालाई पसलमा पाइने रेडिमेड जंगफुट खानेकुरा भन्दा घरमा नै पकाएर खुवाउ मिल्ने खानेकुरामा धेरै जोड दिनु पर्दछ । जस्तै रोटी, खीर, चिउरा, आलु तारेको, पुवा, भुटेको भात, अण्डा, दूध, सागसब्जी लगाएतका घरमा सजिलै पाइने र सजिलै बनाउन सकिने मात्र हैन यस्ता खानेकुरामा बालबालिकाको शरीरलाई आवश्यक पर्ने पोषण समेत पाइने गर्दछ ।
जग बलियो भए मात्र घर बलियो हुन्छ भने जस्तै सानै उमेर देखि बालबालिकालाई खुवाउने पोषणतत्वले भविष्यमा उनीहरुको विकास कसरी हुन्छ भन्ने कुरामा भर पर्दछ । त्यसैले कलिलो उमेरमा नै पोषणको मात्रामा ध्यान दिनु आवश्यक छ ।
आधुनिकतासँगै खानपिनमा आएको परिवर्तन
बढ्दो शहरीकरण तथा आधुनिकरणसंगै मानिसको खानपिनको संस्कारमा समेत परिर्वतन आउँन थालेको छ । शहरमा मात्र हैन गाउँघतिर पनि परम्परागत खानेकुराको तुलनमा बजारमा पाईने प्याकेटका खानेकुरा बालबालिकालाई खुवाउने चलन अहिले बढ्दै गएको छ । जसका कारण पनि बालबालिकामा आवश्यक पर्ने पोषण तत्वमा कमी आएको पाईन्छ ।
मकै, भटमास, गहुँ, फापर, कोदो लगाएत प्रस्तस्त मात्रमा पौष्टिक तत्व पाइने खाद्य पर्दाथको तुलनमा बजारमा पाइने चाउचाउ, विस्कुट, कुरकुरे, लगाएतका प्याकेटका अस्वस्थ्यकर खानेकुराको सेवनका कारण बालबालिकामा आवश्य पोषणमा कमी आएको विभिन्न अध्ययन अनुसन्धानले पनि देखाउँछ । त्यस्तै नवजात शिशुलाई आमाको दुधको सट्टा बजारमा पाइने बट्टाको दूध खुवाउने चलन बढ्दै गएका कारण पनि बालबालिकामा आवश्य पर्ने पोषणमा कमी आएको देखिन्छ ।
नवजात शिशुका लागि आमाको दूध पोषणको हिसाबले अमृत सरह नै छ । तर स्तनपानमा आएको कमीका कारण बालबालिकाको सुवाती अवस्थामा नै पोषणतत्व बाट बन्चित हुने गरेका छन् ।
नेपालमा बालबालिकामा पोषण अभाव हुनुका कारणहरु
- भौगोलिक विकटता
- गरिबी
- कृषि उत्पादनमा कमी
- खाद्यय वस्तुको मूल्य बृद्धि
- परम्परागत खानपिनमा परिर्वतन
- परम्परागत कृषि प्रणालीमा मात्र भर पर्नु
- पोषणयुक्त खानेकुराको जानकारी कम हुनु
- स्तनपान गराउने आमाहरुको संख्या घट्दै जानु
- बजारमा पाइने जंगफुटको प्रयोग धेरै हुनु आदि ।
र याे पनि पढ्नुहोसः स्तनपान गराउँदा सौन्दर्यमा ह्रास होइन, स्तन क्यासर, स्वास्थ्य समस्यालाई कम गर्दछ
वि.सं.२०७७ भदौ १९ शुक्रवार १४:५९




















