रामेछापमा ५ जना प्रहरी सहित थप ६ मा संक्रमण पुष्टि
वि.सं.२०७७ भदौ १९ शुक्रवार १५:०१
1.6K
shares
रामेछाप: रामेछाप जिल्लामा ५ जना प्रहरी र १ जना स्वास्थ्यकर्मी सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ दिन अगाडि स्वाब संकलन गरेर परिक्षणका लागि काठमाण्डौं पठाइएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु मध्ये ६ जनाको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
संक्रमित मध्ये ५ जना जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरीहरु छन् भने अर्का एक जना मन्थलीमा कार्यरत स्वास्थ्यकर्मी रहेको कार्यालयले जनाएको छ ।
संक्रमितहरु सवैजनालाई आज नै आइसोलेसनमा राखिएको र उनिहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको पहिचाहन गर्ने काम भइरहको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।
प्रहरी कार्यालयबाट स्वाब संकलन गरी पठाइएको ५ जना मध्ये सवैलाई पोजेटिभ देखिएको छ । कार्यालयका ५ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको भएपनि उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै कार्यालयको दैनिक काम संचालन हुने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।
वि.सं.२०७७ भदौ १९ शुक्रवार १५:०१



















