नेपाल बङ्गलादेश बैंकको खाता अनलाईनबाटै भेरीफाई
वि.सं.२०७७ भदौ ११ बिहीवार १२:२८
1.6K
shares
काठमाडौं: नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्था सुरु गरेको छ ।
यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई गराउन सक्ने र बैंकको शाखामा पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको अन्त्य भएको छ ।
बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक अकाउन्ट भित्र आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् ।
यस प्रकृयामा ग्राहकको विवरण वान टाइम पासवड वोटिपी र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाईन भेरिफिकेसन हुने व्यवस्था रहेको छ ।
नेपाल बङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ भदौ ११ बिहीवार १२:२८




















