YouTube Link

मन्त्रिपरिषद बैठकमा ३३ वटा प्रस्ताव पारित

Facebook Link

काठमाडौं: मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ३३ वटा प्रस्तावहरु पारित गरेको छ ।

जसमा केही नियुक्तिहरु र केही नियमावली संशोधन तथा केही कार्यविधिहरु स्वीकृति गरिएका छन् ।

बैठकमा नेपाल सरकारले १९ अर्व ६० करोडको थप विदेशी ऋण लिने निर्णय गरेको छ ।

कृषि क्षेत्रका लागि ११ अर्व ६० करोड र पर्यटन क्षेत्रका लागि ८ अर्व रुपैयाँ बराबरको विदेशी ऋण लिनका लागि वार्ता टोली गठन गरी ऋण लिने अघिकार समेत दिएको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा इन्टरनेशनल फण्ड फर एग्रिकल्चरल डेभलपमेण्ट (आईएफएडी) सँग ११ अर्व ६० करोड रुपैयाँ ऋण दिन वार्ता टोली गठन गरी अधिकार दिइएको छ ।

कृषि क्षेत्रमा ऋण र सहायता प्रदान गर्दै आएको आईएफएडीए संयुक्त राष्ट्रसंघसँग अवद्ध वित्तीय संस्था हो ।

त्यसैगरी विश्व बैंकसँग पर्यटन क्षेत्रका लागि ८ अर्व रुपैयाँ ऋण लिने निर्णय गर्दै यसका लागि पनि अर्थ मन्त्रालयको वार्ता टोली बनाई सबै अधिकार दिइएको छ ।

मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव अनुसार, पर्यटन क्षेत्रको सो ऋण ‘नेपालका संरक्षित क्षेत्रहरुमा दिगो पर्यटन अभिवृद्धि (एसटीईएनपीए) कार्यक्रमका लागि लिन लागिएको हो ।

यस अन्तर्गत पहिलो चरणमा पाँचवटा संरक्षित क्षेत्र तय गरी गन्तब्य विकास तथा एकीकृत पर्यटन विकास गरिने छ ।

यी पाँच संरक्षित क्षेत्रहरुमध्ये दुईवटा हिमाल र ३ वटा राष्ट्रिय निकुञ्जहरु परेका छन् । हिमालहरुमा अन्नपूर्ण र मनास्लु छन् भने राष्ट्रिय निकुञ्जहरुमा पश्चिम तराईका बर्दिया राष्ट्रिय निकुञ्ज, बांके राष्ट्रिय निकुञ्ज र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज परेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...