विभुषण दोस्रो संशोधन नियमावली २०७७ मन्त्रिपरिषद वैठकद्वारा स्वीकृत, सरकारी तक्मा जति पनि बाँड्न मिल्ने
वि.सं.२०७७ भदौ १० बुधवार ११:१६
1.8K
shares
काठमाडौं: सरकारले योगदान पुर्याएका आधारमा सम्मान गर्न वितरण गरिने विभुषण जति पनि बाँड्न मिल्ने गरी नियमावली संशोधन गरेको छ ।
सरकारले विभुषण (दोस्रो संशोधन) नियमावली २०७७ लाई स्वीकृत गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभुषण नियमावली २०७७ को मस्यौदालाई स्वीकृत गरेसँगै जतिपनि विभुषण बाँड्न मिल्ने भएको हो ।
सरकारी तक्मा बाँड्नलाई निश्चित संख्या तोक्न कानुनमा संशोधन गर्ने तयारी भइरहेको बेला सरकारले कुनै पनि संख्या नतोकि तजविजको आधारमा जति पनि दिन मिल्ने गरी नियमावली स्वीकृति गरेको हो ।
राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा योगदान गरेका व्यक्तिलाई दिनुपर्ने तक्मा आफ्न्त, नातागोतालाई दिन थालेपछि लोकतन्त्र स्थापना भएपछिका सरकारले वितरण गरेका तक्मा विवादरहित हुन सकेका छैन ।
कतिपय अवस्थामा त कालोबजारी गरेकालाई समेत राज्यले तक्मा बाँडेका घटना सार्वजनिक भएका थिए ।
राज्यले दिने सम्मानको दुरुपयोग भएको र त्यसको प्रभावकारीता पनि नभएको गुनासो आउन थालेपछि यसअघि गृहमन्त्रालयले यस्ता पदक दुई सय भन्दा बढीलाई दिन नपाउने गरी नियमावली बनाएको थियो ।
गृह मन्त्रालयले यो वर्षका लागि भन्दै यसअघि कै संख्या जति नै तक्मा बाँड्न मिल्ने गरी नियमावली संशोधन गर्न स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरेको थियो ।
उक्त प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति गरेको हो ।
वि.सं.२०७७ भदौ १० बुधवार ११:१६



















