Texas College
YouTube Link

इंग्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगियो

Facebook Link

एजेन्सीः इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ ।

टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो ।

अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज इंग्ल्यान्डले १-० ले जितेको छ ।

पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

इंग्ल्यान्डविरुद्ध पाकिस्तानलाई बाबर आजमले अर्धशतकीय इनिङ्स खेल्दै हारबाट जोगाए ।

दोस्रो इनिङ्समा आजमले अविजित रहदै ६३ रन बनाए ।

यस्तै अबिद अलीले ४२ रन बनाउदा अजहर अलीले ३१ रन जोडे ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए ।

यससँगै उनले टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गरे ।

टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन् ।

टेस्टमा यो कोशेढुंगा पुरा गर्ने एन्डरसन चौथो बलर हुन् ।

पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको थियो ।

अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तानलाई फलो अनमा पठाएको थियो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोडेको थियो ।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो ।

क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले ।

टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेलेका थिए ।

त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे ।

कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।

पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...