YouTube Link

इंग्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगियो

Facebook Link

एजेन्सीः इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ ।

टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो ।

अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज इंग्ल्यान्डले १-० ले जितेको छ ।

पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।

इंग्ल्यान्डविरुद्ध पाकिस्तानलाई बाबर आजमले अर्धशतकीय इनिङ्स खेल्दै हारबाट जोगाए ।

दोस्रो इनिङ्समा आजमले अविजित रहदै ६३ रन बनाए ।

यस्तै अबिद अलीले ४२ रन बनाउदा अजहर अलीले ३१ रन जोडे ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए ।

यससँगै उनले टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गरे ।

टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन् ।

टेस्टमा यो कोशेढुंगा पुरा गर्ने एन्डरसन चौथो बलर हुन् ।

पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको थियो ।

अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तानलाई फलो अनमा पठाएको थियो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोडेको थियो ।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो ।

क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले ।

टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेलेका थिए ।

त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे ।

कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।

पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...