शुक्रबारबाट बैंक तथा वित्तीय संस्थाहरु खुले
वि.सं.२०७७ भदौ ५ शुक्रवार १३:३७
1.7K
shares
काठमाडौं: गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि शुक्रबार बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् ।
गृह मन्त्रालयले समन्वयकारी भूमिका खेलेर शुक्रबारबाट बैंक खोल्न दिने वातावरण बनाएको हो । बिहीबारको तुलनामा आज प्रहरीले कार्यालयको परिचयपत्र बोकेर हिँड्नेलाई सहजै हिँडडुल गर्न दिएको छ।
कार्यालयको परिचयपत्र बोकेर हिँड्नेलाई सहजै हिँडडुल गर्न दिएकोले आज शाखा खोल्न अप्ठेरो नपरेको बैंकर्स संघका अध्यक्ष भुवन दहालले बताउनु भयो ।
बैंकहरुले उपत्यकाभित्र ३० जना कर्मचारी मात्र परिचालन गरि काठमाडौं, ललितपुर र भक्तपुरमा तीन शाखा कार्यालय खोल्न पाउने छन् । त्यही अनुसार शाखाहरु संचालन भएको दहालले बताउनु भयो ।
बैंकको हेड अफिसले जिल्लास्थित शाखादेखि आन्तरिक ट्रेजरी, आइटी, कार्ड, अनलाइन भुक्तानीमा सहजीकरण गर्नु पर्ने भएकाले हेड अफिस सञ्चालन हुनेछ ।
वि.सं.२०७७ भदौ ५ शुक्रवार १३:३७




















