नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा
वि.सं.२०७७ भदौ २ मंगलवार १४:४३
1.3K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसंगै गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा बस्नु भएको छ ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा चार जनालाई कोरोना संक्रमणको पुष्टि भएसंगै गभर्नर महाप्रसाद अधिकारी घरमा नै बसी कार्यालयको काम गरिरहनु स्रोतले जनाएको छ ।
२ साताअघि राष्ट्र बैंकको भैरहवा कार्यालयका २ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको थियो । ती कर्मचारीसँग सम्पर्कमा आएका इन्जिनियर कन्ट्र्याक ट्रेसिङमा परेपछि बिहीबार पीसीआर टेस्ट गरिएको थियो ।
शुक्रबार ब्यवस्थापन कमिटिको मिटिङ बसिरहेका बेला ती इन्जिनियरको कोरोना रिपोर्ट पोजेटिभ आएपछि गभर्नर अधिकारी एक साता घरबाटै काम गर्ने भन्दै होम क्वारेन्टिनमा बस्नु भएको छ ।
वि.सं.२०७७ भदौ २ मंगलवार १४:४३




















