प्रभु बैंकको जोरपाटी शाखाबाट राजश्व संकलन सुरु
वि.सं.२०७७ भदौ २ मंगलवार १४:५३
1.5K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व कार्यालय जोरपाटी, काठमाण्डौंको राजश्व संकलनको सम्पुर्ण कारोवार जोरपाटी शाखाबाट सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले आन्तरीक राजश्व कार्यालय जोरपाटीको पनि राजश्व संकलन गरेर आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २ सय ८ वटा शाखा कार्यालय, १ सय ७३ वटा एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
वि.सं.२०७७ भदौ २ मंगलवार १४:५३




















