कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट
वि.सं.२०७७ साउन ३० शुक्रवार १०:१४
1.8K
shares
काठमाडौं: कामना सेवा विकास बैंकका ग्राहकले उपाय सर्भिसेस मार्फत प्रवाह गरिने सेवामा विशेष छुट पाउने भएका छन् ।
सो सम्बन्धि दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र उपाय सर्भिसेसको तर्फबाट अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गर्नु भएको छ ।
उपाय सर्भिसेज लिमिटेड कानून, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो ।
उपाय सर्भिसेज लिमिटेडले नयाँ कम्पनी दर्ता, कम्पनी खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, मालपोत/नापी कार्यालयबाट प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।
यससँगै बैंकका ग्राहकले उपाय सर्भिसेजबाट आवश्यक पर्ने विभिन्न सुविधा लिदाँ विशेष छुट सहित सहुलियत दरमा सेवा पाउनेछन् ।
उपाय सर्भिसेजले बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु समेत दिने छ ।
यो सहमति अनुरूप कामना सेवा विकास बैंकबाट कर्जा सम्बन्धी सेवा लिने ग्राहकहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेज मार्फत विशेष छुट सहित सहज र छरितो रुपमा सेवा लिन सक्नेछन् ।
उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।
कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १ सय २४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार १०:१४




















