YouTube Link

माछापुच्छ्रे बैंकसँगको सम्झौता पछि ट्याक्सी भाडा एपबाटै भुक्तान

World Cup 2026
Facebook Link

 

काठमाडौं: माछापुच्छ्रे बैंकसँग इजी एस्योरेन्स प्रा. लि. अन्तर्गतको इजी ट्याक्सीले विद्युत्तीय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि व्यवसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजी एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौतासंगै ग्राहकहरुले इजी ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापतको भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

बैंकसँगको सहकार्यले इजी ट्याक्सी नेपाल एप मार्फत डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने र रकम भुक्तानीको समस्या अब नहुने प्रबन्ध निर्देशक सन्जित पौडेलले बताए ।

कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई विद्युतीय कारोबारमा प्रोत्साहित गर्नका लागि इजी ट्याक्सी र बैंकबीच सम्झौता भएको हो ।

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एप मार्फत भुक्तानी गर्न सक्नेछन् ।

इजी ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आईरहेको छ ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...