ग्लोबल आइएमई बैंक नाफामा
वि.सं.२०७७ साउन ३० शुक्रवार १०:२१
1.4K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा यो रकम ११.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने भने १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो ।
१.८० प्रतिशत एनपीएल रहेको बैंकको कष्ट अफ फण्ड ६.२१ प्रतिशत, सीसीडी रेसियो ७३.१८ प्रतिश, बेस रेट ८.४२ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत रहेको छ ।
८ अर्ब ४१ करोड रुपैयाँ जगेडा कोषमा रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार १०:२१




















