सिद्धार्थ बैंकको २ करोड ६७ लाख रुपैयाँ सहयोग
वि.सं.२०७७ साउन २९ बिहीवार ११:३४
1.6K
shares
काठमाडौं: सिद्धार्थ बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ ।
बैंकले सरकारले स्थापनका गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।
उक्त रकम बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नु भएको हो ।
उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकको तर्फबाट प्रदान गरिएको रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताउनु भयो ।
यस अघि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।
यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ रुपैयाँ सहयोग प्रदान गरेका छ ।
यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।
हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
वि.सं.२०७७ साउन २९ बिहीवार ११:३४



















