नेपालमा कोरोना संक्रमितको संख्या २४,४३२ पुग्यो
वि.सं.२०७७ साउन २८ बुधवार १८:००
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४ सय ८१ परीक्षणका क्रममा थप ४ सय ८४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४ सय ३२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएसंगै नेपालमा हालसम्म १६ हजार ७ सय २८ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म ८७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन २८ बुधवार १८:००