एनएमबि बैंक लिमिटेड मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता
वि.सं.२०७७ साउन २० मंगलवार १७:२३
1.6K
shares
काठमाडौं: एनएमबि बैंक लिमिटेडले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एन आई सी एशिया बैंक लि. र प्रभु बैंक लि. को सहभागीता रहेको छ ।
२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत रु ४.४८ अर्व रहेको छ जसमध्ये बैकहरुको लगानी कुल रु ३.३२५ अर्वको हुनेछ ।
यो आयोजनासँग एनएमबि बैक लि.ले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
वि.सं.२०७७ साउन २० मंगलवार १७:२३




















