शिखर इन्स्योरेन्स कम्पनीले ८७ हजार ४ सय १२ कित्ता शेयर लिलामीमा
वि.सं.२०७७ साउन १५ बिहीवार १९:०५
1.3K
shares
काठमाडौं: शिखर इन्स्योरेन्स कम्पनीले ८७ हजार ४ सय १२ कित्ता शेयर लिलामी गर्ने भएको छ ।
कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्री खुला गरी आवेदन माग गरेको थियो । उक्त अवधिमा कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४ सय १२ कित्ता बिक्री हुन सकेन ।
उक्त अवधिमा विक्री नभएको शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो । लिलामी शेयरको न्यूनतम मूल्य प्रति कित्ता एक सय रुपैयाँ तोकिएको छ । जसमा कम्तिमा ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले बताएको छ ।
लिलामीको शेयरमा २०७७ साउन २१ गतेदेखि २८ गतेसम्म आवेदन गर्न पाइनेछ। इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ मार्फत आवेदन दिन सकिने कम्पनीले बताएको छ । हाल १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
वि.सं.२०७७ साउन १५ बिहीवार १९:०५




















