YouTube Link

कोरोनाको जोखिम बढेपछि उपत्यका प्रवेशमा निषेध, बिना पास एक जिल्लादेखि अर्को जिल्ला जान पूर्णरुपमा प्रतिबन्ध

Facebook Link

काठमाडौं: सरकारले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेपछि काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गरेको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबारदेखि नै लागू हुने गरि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले सूचना जारी गर्दै काठमाडौंमा कोरोनाको जोखिम बढेको भन्दै यस्तो शर्त लागू गरिएको बताएका छन् ।

यस्तै काठमाडौं बाहेकका जिल्ला प्रशासन कार्यालयलाई पनि काठमाडौंका लागि जथाभावी पास नदिने भनिएको छ । साथै काठमाडौं बाहेकका अन्य जिल्लामा पनि बिना पास एक जिल्लादेखि अर्को जिल्ला जान पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

काठमाडौं उपत्यका भित्रिनेहरुको कोरोना परीक्षण गर्दा बिहीबार मात्र २४ जनामा कोरोना संक्रमण देखिएको थियो । अघिल्लो हप्ता कोरोना संक्रमितको नयाँ संख्या घटे पनि विगत तीन दिनयता भने संख्या बढिरहेको छ भने कोरोना समूदाय स्तरमा फैलिदै गएको देखिएको छ ।

सरकारले यही साउन ६ गतेबाट लकडाउन अन्त्य गरे पनि कोरोना महामारीको जोखिम झन बढेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...