सिन्धुपाल्चोकमा बाढीको वितण्डा, बाढीले बगाएर दुईको मृत्यु, १६ जना बेपता, दर्जनौं घर बगायो
वि.सं.२०७७ असार २५ बिहीवार ०८:४३
1.7K
shares
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकस्थित भोटेकोशी र याल्मो नदीमा रातभरको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले दर्जनौँ घरमा क्षति पुगेको छ ।
बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । बाह्रबिसे ५ जम्बुका दुई जनाको शव भेटिएको छ भने १६ जना बेपता भएका छन् । जम्बुमा केही घर बगाएको स्थानीयले जानकारी दिएका छन् ।
जम्बु बाह्रबिसे बजारबाट करीब ३ किलोमिटर माथि पर्दछ । बाह्रबिसे नगरपालिका ३ खागदलमा बाढीले कच्ची र पक्की गरी २० घर बगाएको छ ।
बाढीले एक स्कर्पियो, एक ट्रक र एक पानी बोक्ने ट्याक्कर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । बाह्रबिसे नगरपालिका भन्दा माथि खागदल पुल बगाएको छ । पुल बगाउँदा बाह्बिसे माथि र तलको सम्पर्क टुटेको छ ।
जसका कारण बाढीले क्षति पुर्याएको जम्बुमा प्रहरी पुग्न सकेको छैन् । मध्य भोटेकोशीको निर्माण स्थल पनि बाढीका कारण ध्वस्त भएको छ । यसैगरी जुरे पहिरो अगाडि लगभग सय मिटर सडक पनि खोलाले कटान गरेको छ ।
वि.सं.२०७७ असार २५ बिहीवार ०८:४३




















