ईङ्ग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको शानदार जित
वि.सं.२०७७ असार २५ बिहीवार ०९:०६
1.2K
shares
एजेन्सीः ईङ्ग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले न्यकासल युनाईडमाथि शानदार जित निकालेको छ ।
म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडमाथि ५–० गोल अन्तरले फराकिलो जित निकालेको हो । यसअघिको खेलमा साउथह्याम्प्टनसँगको खेलमा हार ब्यवहोरेको सिटीले शानदार पुनरागमन गरेको छ । खेलको १०औं मिनेटमा ग्याब्रियल जिजसले सिटीको गोलको खाता खोलेका थिए । यसपछि २१औं मिनटमा रियाद महारेजको गोलको मद्दतमा सिटीले पहिलो हाफमा नयुकासलमाथि २–० को अग्रता बनायो ।
दोश्रो हाफको ५८औं मिनेटमा सिटीका म्याट रिचीको प्रहारलाई फेडेरिको फर्नान्डेजलाई छोएर डिफ्लेक्ट हुँदा सिटीले आत्मघाती गोल उपहार पायो । यस्तै ६५औं मिनटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई चौथो गोल दिलाए । यसपछि निर्धारित समयपछि थपिएको ईन्ज्युरी समयको पहिलो मिनेटमा रहिम स्टङ्गर्लिङ्गले गोल गर्दे सिटीलाई ५–० को जित दिलाए ।
जितसँगै दोश्रो स्थानमा रहेको सिटीको ३४ खेलमा ६९ अंक भएको छ भने ३४ खेलमा ४३ अंक भएको न्युकासल १३औं स्थानमा झरेको छ ।
वि.सं.२०७७ असार २५ बिहीवार ०९:०६




















