कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो, ५ वटा जिल्ला कोरोना फ्रि
वि.सं.२०७७ असार २४ बुधवार १८:१९
1K
shares
काठमाडौं: देशभर पछिल्लो २४ घण्टाको अवधिमा २५ वटा प्रयोशालामा गरिएको कोरोना परीक्षणमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका ४ हजार ६ सय ९६ नमुना परीक्षण गरिएकोमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल ८ हजार ६ सय ३६ जना आइसोलेसनमा र २५ हजार ४० जना क्वारेन्टाइनमा छन् ।
कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ भने हाल सम्म नेपालमा ३५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण घट्दो क्रममा रहेको र धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्ताङ सहित कोरोना फ्रि जिल्ला पाँच पुगेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार २४ बुधवार १८:१९




















