YouTube Link

पेशागत ग्यारेन्टीका लागि पत्रकार महासंघद्वारा विरोध प्रदर्शन, शनिबारबाट सञ्चारगृहमा धर्ना र घेराउ कार्यक्रमको आयोजना

Facebook Link

काठमाडौं: श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बिना तलब बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने र पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहीन बनाउने जस्ता लगायतका समस्या देखिएको भन्दै महासंघले राजधानीको बबरमहलमा प्रदर्शन गरेको हो ।

पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । श्रमजीवीहरुको मुद्धामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागु नभएका मिडिया हाउसमा केन्द्रित हुने पर्नेमा उनले जोड दिए ।

 

 

पत्रकारहरुले ‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सञ्चारगृहले कमाएको अरबौ मुनाफा खोई ?, ‘मेरा सम्पादकको मुटु छ मर्म छैन ।’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडक भडकमा, पत्रकार भोकै सडकमा’, नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।

त्यसैगरी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, समयमै पारिश्रमिक नदिने जस्ता समस्या देखिएका सञ्चारगृहमा शनिबारबाट धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्ने महासंघले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...