राष्ट्रिय वाणिज्य बैंकद्वारा नवलपुरस्थित इलाका प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग
वि.सं.२०७७ जेठ २६ सोमवार ०९:२३
1.5K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाले इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागि इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
शाखा कार्यालय प्रमुख निर्मल सुवेदी, बैंकका कर्मचारी हिमाल बिक्रम दर्जीले माक्स, पञ्जा, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु रजहर इलाका प्रहरी कार्यलयका असई राजकुमार घिमिरेलाई संयुक्त रुपमा हस्तान्तरण गरे । कोरोनाभाइरसको महामारीले विश्व नै आक्रान्त पारेको बेला सुरक्षा व्यवस्थापनका लागि अग्रमोर्चामा रहेको प्रहरीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखा कार्यालय प्रमुख निर्मल सुवेदीले बताए । यसले विपदको अवस्थामा जिउज्यान नभनी सुरक्षाकर्ममा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई हौंसला बढ्ने सुवेदीको भनाई थियो ।
वि.सं.२०७७ जेठ २६ सोमवार ०९:२३




















